राप्ती नदीको महदेवा पुलबाट हाम फालेका युवाकको २ घण्टा पछी सकुसल प्रहरीद्वारा उद्दार

आलोक भावुक

गढवा, २१ असोज। राप्ती नदीमा हाम फालेर एक युवा बेपत्ता भएका युवकको २ घण्टा पछी प्रहरीले सकुसल उद्दार गरेको छ।

सोमबार बिहान करिब ८ बजे राप्ती गाउँपालिकाको छोट्की सिसहनियाँ र गढवा गाउँपालिकाको महदेवा जोड्ने राप्तीपुलबाट एक युवकले हाम फालेका थिए।

 हाम फाल्नेमा राप्ती गाउँपालिका – ७ अनन्तपुरवा निवासी ३२ वर्षीय आशाराम चौधरी रहेको इलाका प्रहरी कार्यालय गढवाले जनाएको छ। सोमबार बिहान करिब ८ बजेतिर चौधरीले राप्ती नदीमा हाम फालेका युवकको सकुसल उद्दार पछी अस्पताल पठाउने तयारी भैरहेको इलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक कालिका कार्कीले जानकारी दिनुभयो।

जानकारी पाए लगत्तै ईप्रका गढवाको प्रहरी टोली र स्थानीयले संयुक्त रुपमा खोजीकार्यमा जुटेको थिए।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID