
गढवा, १९ असोज।गढवा गाउँपालिकाले कृषि तथा पशुबस्तुको बजारीकरणको लागि गरेको प्रयासहरु बाट गढवाका कृषकहरुलाई मुनाफा भएको छ। घरमा घरमा आउने लोकल व्यापारी र बिचौलियाहरुको मोलमोलाईबाट पिडित बनेका बाख्रापालक कृषकहरु आफुले पालेको खसीबोका आफ्नै हातले तौलगरेर बेचबिखन गर्दा हर्षित देखिएका छन्। गढवा गाउँपालिकाले कृषकहरुको परिश्रमको उचित सम्मान र बस्तुभाउको उचित सही समयमा बजारीकरण गरी मूल्य पाउनु पर्ने भन्दै हेफर प्रोजेक्ट नेपाल र ग्रामीण महिला उत्थान केन्द्र घोराही दाङको साझेदारीमा सञ्चालित गढवा कृषि तथा पशु विकासमा आधारित साना किसान तथा युवा उद्वमशिलता साझेदारी परियाेजना अन्तर्गत आर्थिक समृद्धीको लागि साझेदारी परियाेजना भिटा परियोजना मार्फत करिव दुई बर्ष देखी कृषि तथा पशुको क्षेत्रमा रही निरन्तर कार्य गरिरहेको छ।
कृषकहरुलाई कृषि तथा पशुजन्य बस्तुभाउको बजारीकरणमा समस्या नहोस् भन्ने हेतुले भिटा परियोजना अन्तर्गत गढवा सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेड दर्ता गरी बैधानीकरुपमा खसीबोका तथा तरकारीको बजारीकरण सुरु गरेको छ ।
गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको पहलमा नेपाल सरकार खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मुख्य शाखा कार्यालय तुलसीपुर दाङका प्रमुख तिलक सुनारसंग शुक्रबार छलफल पश्चात सनिवार एक सय खसिबाेका खरिद गर्ने सहमति भएको थियो। यस भन्दा पहिले
गढवा गाउँपालिकामा पहिलो पटक प्रवेश गरेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका प्रमुख तिलक सुनारले आगामी वर्षहरूमा गढवा गाउँपालिका संग सहकार्य गरेर खसीबोकाको बजारीकरण गर्ने बताउनु भयो ।’ म त पहिलो पटक गढवामा आएको हुं यहाँ त खसिबाेकाको राम्रो सम्भावना रहेछ, गढवा गाउँपालिका संग सहकार्य गर्ने अवसर दिनुभएकोमा गाउँपालिका अध्यक्ष लाई धन्यवाद दिन चाहन्छु’ प्रमुख सुनारले भन्नु भयो ।
गढवा सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेडले सनिवार खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडलाई ९५ वटा खसिबाेका बाट कुल २ हजार ६ सय २३ किलो बिक्री गरेको सहकारी संस्थाकी अध्यक्ष सोभा रावत क्षेत्रीले जानकारी दिनुभयो।
शुक्रबार दुईपक्षबिच भएको छलफलमा यसै आर्थिक वर्ष २०८१/०८२ देखी एक सय खसिबाेका धान र मसुरो खरिद गर्ने सहमति भएको गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले जानकारी दिनु भयो । निकट भविष्यमा धानको वजारीकरणको लागि प्रक्रिया अघि बढाउने बताउनुभयो। कृषकहरुलाई बजारीकरणको लागि सहजहोस् भनेर खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडसंग सहकार्य गरी अघि बढेको बताउनुभयो।
कार्यक्रममा ५ नम्वर वडाअध्यक्ष लेख बहादुरथापा, ६ नम्बर वडाध्यक्ष बिर बहादुर आले मगर, हेफर प्रोजेक्ट नेपालका बरिष्ठ कार्यक्रम अधिकृत महेश आचार्य, गढवा सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेड गढवाकी अध्यक्ष सोभा रावत क्षेत्री, बाख्रापालक लगायतको सहभागिता रहेको थियो।
