गढवा, १७ असोज। दाङ देउखुरीको गढवा गाउँपालिका वडा नम्बर ६ गढवामा नवनिर्मित कृषि उपज संकलन केन्द्रको उद्घाटन गरिएको छ ।बिहिवार एक कार्यक्रमको बिच लुम्बिनी प्रदेश सरकारका कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीले उद्घाटन गर्नु भएको छ।
गढवा कृषि उपज संकलन केन्द्र उद्घाटन तथा सामुहिक बजारीकरण कार्यक्रमको उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री पन्थीले नेपाल कृषि प्रधान देश र यहाँको माटोमा सम्भवतः संसारकै उर्वर माटो भएको बताउनुभयो। नेपालमा कृषिको राम्रो सम्भावना भएतापनि कुसल्ता पुर्ण व्यवस्थामा हामी नेपाली चुकेको बताउनुभयो। गढवा गाउँपालिकाले सञ्चालनमा ल्याएको गढवा कृषि उपज संकलन केन्द्रले व्यवसायिक कृषिलाई प्रोत्साहन गरी कृषकलाई अधिकतम लाभ दिनका लागि उपयोगी हुने बताउनु भयो। अवको क्रान्ति कृषि मै जोड दिनु पर्ने र उत्पादन लाई सरल बजारीकरणले मात्र सम्भव हुने बताउदै कृषकहरुलाई आवश्यक स्रोत साधन र ब्यु बिजन र तालिम पुर्ण रुपमा दिए कृषि क्षेत्रमा नेपाल फड्को मार्ने बताउनुभयो।
त्यसैगरी गढवा कृषि उपज संकलन केन्द्र तथा सामुहिक बजारीकरण कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश सभा सदस्य इन्द्रजित थारुले कृषि उपज उत्पादन संगै बजारीकरण पनि उत्तिकै महत्वपूर्ण रहेको बताउनुभयो। कृषकहरुलाई उत्पादन गर्न सहज भएतापनि बजारीकरण कठिन भएको बताउदै प्रदेश सभा सदस्य थारीले त्यसको जिम्मा गढवा गाउँपालिकाले लिएको सुन्दा देख्दा र गरेको कार्य हेर्दा उदाहरणीय कार्य भएको बताउनुभयो। कृषि क्षेत्र साच्चिकै उत्पादनमुखी बनाउन चाहे लागत कम गरेर कृषकहरुको क्षमता अभिबृद्धी गर्ने, मल बिउ सिचाईमा सहुलियत प्रदान गर्ने, लागत घटाउन प्रविधि संग जोडेर लैजाने जिम्मेवारी राज्य भएको बताउनुभयो। साथै कृषक आफैले बजारीकरण गर्न नसक्ने भएकोले त्यसको जिम्मा समेत राज्यले लिनु पर्ने भएकालै गढवा गाउँपालिकाले सम्पूर्ण जिम्मेवारी उठाएको बताउनुभयो।गढवा गाउँपालिका किसानको हर समस्यामै साथ साथ रहेको बताउदै कृषि उपजहरुको बजारीकरणको समस्या समाधानका खातिर गढवा गाउँपालिका ठुलो प्रयास गरेको र सफल हुदै गएको बताउनुभयो।
त्यसैगरी कृषि उपज संकलन केन्द्र उद्घाटन कार्यक्रममा बोल्दै गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेल गढवा गाउँपालिकामा उत्पादन भएका कृषि उपजहरुलाई कृषि संकलन केन्द्रको माध्यमबाट सामुहिक बजारीकरण गर्ने जुन गाउँपालिकाको सपना थियो त्यो साकार भएको बताउनुभयो।
कृषि क्षेत्रमा मुख्य गरी व्यवसायी रुपमा उत्पादन र उचित बजारीकरण गरी मुख्य दुइटा समस्या रहेको बताउदै त्यसलाई समाधानका लागि पालिका निरन्तर लागिपरेको बताउनुभयो। कृषि उपज उत्पादन गर्न सहज नभएको बताउदै पालिका अध्यक्ष पोख्रेलले बजारको लागि एउटा व्यवस्थित प्रणालीको आवश्यक पर्ने तर त्यो प्रणाली नहुँदा उत्पादित बस्तु बिक्री नहुने र कृषकमा निराशा हुने बताउनु भयो। उत्पादनको प्रणाली लाई सुधार गर्दै र बजारीकरणलाई पनि बिकास गर्ने भनेर पालिका लागिपरेको बताउनुभयो।
त्यसैगरी कार्यक्रम बोल्दै गढवा गाउँपालिका उपाध्यक्ष शारदा कुमारी चौधरीले पालिकाको साझा धारणा कृषकहरुको जिवन स्तर उकास्ने तर्फ अग्रसर रहेको बताउनुभयो।
गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि लुम्बिनी प्रदेश सरकारका कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीको प्रमुख आतिथ्य तथा लुम्बिनी प्रदेश सभा सदस्य इन्द्रजित थारुको बिशिस्ट आतिथ्यमा सम्पन्न भएको हो ।
त्यसैगरी कार्यक्रममा साझेदार संस्था हेफर प्रोजेक्ट नेपालका क्षेत्रीय प्रवन्धक प्रकाश केसी र ग्रामीण महिला उत्थान केन्द्र घोराही दाङकी अध्यक्ष आसमानी चौधरी, गढवा उद्योग बाणिज्य संघका अध्यक्ष ओम प्रकाश बसेल, लुम्बिनी प्रदेश सरकारका मत्स्य विकास अधिकृत तिलक पोख्रेल लगायतकाले बोल्नु भएको थियो ।
गढवा गाउँपालिकाले हेफर प्रोजेक्ट नेपाल र ग्रामीण महिला उत्थान केन्द्र घोराही दाङको साझेदारी साना किसान तथा युवा उद्वमशिलता साझेदारी परियाेजना अन्तर्गत आर्थिक समृद्धीको लागि साझेदारी परियाेजना भिटा परियोजनाले कृषि र पशु पालक कृषकहरुको जिवन स्तर सुधार गर्ने हिसावको कार्यक्रम सञ्चालन गरेको छ।
गढवा गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष विर बहादुर आले मगरको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सहजिकरण गढवा गढवा गाउँपालिका कृषि विकास शाखाकी कृषि सहायक फुलनदेवी चौधरीले गर्नु भएको थियो ।