गढवाको वडा नं. १ कालाकाटेमा बाख्राको पहिलो पुस्ता उपहार प्रदान कार्यक्रम सम्पन्न

आलोक भावुक

गढवा, १६ असोज। गढवा गाउँपालिका वडा नम्बर १ कालाकाटे डांडाटोलमा आज बुधबार बाख्राको पहिलो पुस्ता उपहार प्रदान कार्यक्रम सम्पन्न भएको।
गढवा गाउँपालिकाको आर्थिक सहयोग तथा हेफर प्रोजेक्ट नेपाल र ग्रामीण महिला उत्थान केन्द्र घोराही दाङको साझेदारीमा सञ्चालित गढवा कृषि तथा पशु विकासमा आधारित साना किसान तथा युवा उद्वमशिलता साझेदारी परियाेजना अन्तर्गत आर्थिक समृद्धीको लागि साझेदारी परियाेजना भिटा परियोजना द्वारा गठित मिलिजुली उद्यमी महिला समूह गढवा-१ कालाकाटे डांडाटोलमा बाख्राको पहिलो पुस्ता उपहार प्रदान कार्यक्रम सम्पन्न भएको हो।

बाख्राको पहिलो पुस्ता उपहार प्रदान कार्यक्रममा बोल्दै गढवा गाउँपालिका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि यमनारायण शर्मा पोख्रेलले पालिकाले जुन लक्ष्यका साथ भिटा परियोजना सुरु गरेको थियो त्यो लक्ष्य प्राप्तीका दिशामा अघि बढेको र सफल्ता पाएको बताउनुभयो। गढवा गाउँपालिकामा परियोजना लागु गर्नुको लक्ष्य अनुरुप नै काम भएको बताउदै कृषि र पशुपालनको क्षेत्रमा गढवाका महिला दिदिबहिनीहरुलाई उद्यमी बनाउने गरी तय अनुसार नै सफल्ता मिलेको बताउनुभयो। साथै महिलाहरुले समाजको नेतृत्व गर्ने तहसम्म नपुग्दा सम्मा समाजको बिकाश नहुने भन्दै महिलाहरुलाई व्यवसाय मार्फत आत्मनिर्भर, शसक्तिकरण र आत्मनिर्भर बनाउने परियोजनाको प्रमुख लक्ष्य रहेको बताउनुभयो। भिटा परियोजना मार्फत महिला दिदिबहिनीहरुको जुन हिसावले नेतृत्व विकाश भएको छ त्यो तारिफ गर्न लायक भएको बताउनुभयो। दुई ढाई बर्षको लगानी अनुसार प्रतिफल राम्रो भएको बताउदै आगामीदिनमा व्यवसाय मार्फत गढवा गाउँपालिकाले कृषि र पशुपालनमामा ठुलो सफलता प्राप्त गर्ने बताउनु भयो।

कार्यक्रममा १ नम्बर वडा सदस्य देवीलाल थारु कुमाल, भिटा परियोजनाका कार्यक्रम संयोजक बसन्त कुमार शर्मा, उद्यमी महिलाहरुको तर्फबाट शुसिला केसी, पार्वती गिरी, केसी कुमारी जैसीले बोल्नु भएको थियो।

मिलिजुली उद्यमी महिला समूहका अध्यक्ष संगिता परियारको अध्यक्षता तथा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको प्रमुख आतिथ्य तथा गढवा गाउँपालिका वडा नम्बर १ का वडासदस्य देविलाल थारु कुमालको बिशिस्ट आतिथ्यमा सम्पन्न भएको बाख्राको पहिलो पुस्ता उपहार प्रदान कार्यक्रममा ५ जना बाखा पालक कृषकहरुलाई १० वटा बाख्रा उपहार प्रदान गरिएको छ।

कार्यक्रममा बोल्ने उद्यमी महिलाहरुले भिटा परियोजना मार्फ आफूहरुले जिवन जिउने नयाँ आधार पाएको बताएका थिए। आफुहरु समुहलाई कसरी अगाडि बढाउने र कसरी आत्मनिर्भर बन्ने बारे व्यवसायिक रुपमा बाख्रा पालन तर्फ अग्रसर भएको बताएका थिए। घरको काम गरेर मात्र महिला शसक्तिकरण नहुने भन्दै गढवा गाउँपालिकाले महिला उत्थान र शसक्तिकरणको क्षेत्रमा सुरु गरेको कार्यक्रमबाट आफुहरुको जिवनको मुल्य बुझेको बताएका थिए।

कार्यक्रममा भिटा परियोजना कार्यक्रम संयोजक बसन्त कुमार शर्मा, उद्यम विकास सहजकर्ता कैलाश चौधरी, यमुना सुबेदी, बाबुराम यादव, अभिषेक गिरी, मिलिजुली उद्यमी महिला समूहका उद्यमी महिलाहरुको सहभागिता रहेको थियो।
कार्यक्रमको सञ्चालन मिलिजुली उद्यमी महिला समूह गढवा १ कालाकाटे डांडाटोलका सचिव पवित्रा गिरीले गर्नु भएको थियो।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID