यान्त्रिककरण प्रयोगमा जोड दिनु पर्छ- सभापति पुन

प्रिया स्मृती गजमेर

दाङ, १४ असोज। नेपाली काङ्ग्रेस लुम्बिनी प्रदेशका सभापति अमर सिंह पुनले परम्परागत कृषि पेसालाई त्यागेर यान्त्रिककरण प्रयोग तर्फ जोड दिन किसानलाई आग्रह गर्नु भयो ।

नेपाल किसान महासंघ जिल्ला कार्यसमिति दाङले धान दिवसका अवसरमा लमही नगरपालिका -२ सोनपुरमा आयोजना गरेको धान रोपाई कार्यक्रमलाई सम्बोधन गर्दै सभापति पुनले सो कुरा बताउनु भएको हो ।

पालिका भित्र रहेका खेतियोग्य जमिनको पहिचान गरौं, खेती गर्न लायक जग्गामा खेती नै गरौं, प्लटिङ गरेर दलालिकरण गर्दा खेतीयोग्य जमिन नै मासिएको छ”- उहाँले भन्नू भयो । उत्पादनमा आधारित अनुदान वितरण किसानमुखी हुनु पर्छ, यहाँ किसानका नाममा अरुले फाइदा लिईरहेको पाइन्छ यस्तो काम तुरुन्तै बन्द गर्नु पर्ने उहाँको भनाई छ ।

साथै हाइब्रीड जातको विकासे उत्पादनलाई बढवा नदिन र स्थानीय जातको उत्पादनमा जोड दिन पनि किसानलाई सभापति पुनले आग्रह गर्नु भएको छ ।

त्यसैगरी लुम्बिनी प्रदेशका उपसभापति राजु खनालले आफैलाई आवश्यक पर्ने खाद्यान्न उत्पादन गर्न नसक्दा भारतबाट आयात गर्नु पर्ने बाध्यता रहेको बताउनु भयो । केही वर्ष अगाडिसम्म कृषिमा आत्मनिर्भर रहेको नेपाल अहिले छिमेकी मुलुकको आस गर्नु पर्ने स्थिति रहेको भन्दै अब त्यो स्थिति सुधारका लागि किसान र कृषिमा लगानी गर्न आवरहेको बताउनु भयो । वास्तविक किसानले अनुदान नपाएको गुनासो आउने गरेको भन्दै त्यस्ता गलत गतिविधि रोकिनु पर्ने उपसभापति खनालको भनाई छ ।

नेपाली काङ्ग्रेस लुम्बिनी प्रदेशका सहमहामन्त्री खगराज पाण्डेले किसानको हक हित र सुरक्षाका लागि राज्यले ग्यारेन्टी लिनु पर्ने बताउनु भयो ।

नेपाली काङ्ग्रेस महासमिति सदस्य मधु न्यौपाने, पुर्व जिल्ला सदस्य गोविन्द रेग्मी, किसान संघ लुम्बिनी प्रदेशका संयोजक रीता केसी, नेपाली काङ्ग्रेस दाङ क्षेत्र नम्बर २ का सभापति भीमप्रकाश खड्का, दाङ -१ का क्षेत्रीय सचिव हरिहर शर्मा, महिला संघ दाङका अध्यक्ष गोमा रावत, लमही नगरपालिका उपप्रमुख लक्ष्मी योगी, किसान महासंघ दाङका उपाध्यक्ष श्याम रायमाझी, जनजाति महासंघका केन्द्रिय सदस्य सावित्रा राना, नेपाली काङ्ग्रेस राप्ती गाउँपालिका सभापति विद्या शरण चौधरी लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा किसान महासंघ दाङका उपाध्यक्ष श्याम रायमाझी, नेपाल महिला संघ दाङका अध्यक्ष गोमा रावत, पुर्व क्षेत्रीय सभापति बासुदेव जंगली, किसान संघ लुम्बिनी प्रदेशका संयोजक रीता केसी, लमही नगरपालिका उपप्रमुख लक्ष्मी योगी लगायतले बोल्नु भएको थियो ।

नेपाल किसान महासंघ दाङका अध्यक्ष चन्द्र बहादुर चौधरीको अध्यक्षता तथा नेपाली काङ्ग्रेस लुम्बिनी प्रदेश सभापति अमर सिंह पुनको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको संचालक जिल्ला सचिव ऋषिराज चौधरीले गर्नु भएको थियो ।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID