जिके क्वीन समुह फाइनल राउण्डमा, गढवा गाउँपालिका उपाध्यक्ष द्वारा स्वागत तथा भोटको अपिल

आलोक भावुक

दाङ,१४ असोज। देउखुरीको जिके क्वीन समुह डान्स च्याम्पियन सिजन दुई को उपाधिका लागी फाइनल राउण्डमा प्रवेश गरेको छ ।

फाईनलको लागि जिके क्वीन समुहका तिन चेली यतिबेला विभि ठाउँमा पुगेर भोट गर्न अपिल गर्दै हिडेका छन्। त्यसैको क्रममा आइतबार गढवा गाउँपालिकाको सभाहलमा गढवा गाउँपालिका उपाध्यक्ष शारदा कुमारी चौधरीले स्वागत गर्नु भएको छ। साथै उपाध्यक्ष चौधरीले दाङ की चेलीहरुलाई भोटगरी बिजेता बनाउन अनुरोध समेत गर्नु भएको छ।

जिके क्वीन समुहमा लमही नगरपालिका वडा नम्बर ५ निवासी सम्भावना विक, गढवा गाउँपालिका गाउपालिका वडा नम्बर २ निवासी खुसी विश्वकर्मा र लमही नगरपालिका वडा नम्बर ६ निवासी रजिना चौधरी जिके क्वीन समुह मार्फत सिजन दुईको फाइनल राउण्डमा प्रवेश गर्नु भएको हो ।

एपिवान टेलिभिजनबाट प्रशारण हुने कार्यक्रममा डान्स च्यापिम्यन सिजन दुईको प्रतियोगीतामा यहाँका बालिकाहरु प्रतिसपर्धाको फाइनल राउण्डमा पुगेका हुन ।

अब प्रथम हुनका लागी भोट गर्न अपिल गरेका छन् । शनिबार लमहीमा पत्रकार सम्मेलनको आयोजना गरेर भोट गर्न अपिल गरिएको छ । अनलाईन मार्फत भोट गर्न अपिल गरिएको हो । भोट गर्ने तरिका यस्तो रहेको छ

Vote गर्नका लागि

Google मा गएर www.aventoz.com टाईप गरी बिदेशबाट international global onlinepay बाट र NIC ASIA Bank r Esewa बाट भोट गर्न सकिने । भोट असोज २१ गते राती १२ बजे सम्म् मात्र मान्य हुनेछ

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID