बजारी साैन्दर्यकरण तथा फाेहरमैला ब्यबस्थापनका लागि डस्टबिन बितरण गरेका हाैं : अध्यक्ष बसेल

गणतन्त्रनेपाल समाचारदाता

गढवा,८ असाेज । गढवा उद्याेग बाणिज्य संघले आफ्नाे कार्यक्षेत्र धानखाेला र कालाकाटे बजारमा फाेहरमैला ब्यबस्थापनका लागि डस्टबिन बितरण गरेकाे छ । संघका अध्यक्ष ओमप्रकाश बसेलकाे नेतृत्वमा आज धानखाेला र कालाकाटे पुगेकाे उद्योग बाणिज्य संघकाे टाेलिले १५ थान डस्टबिन बितरण गरेकाे हाे ।

कपिलवस्तु जिल्लाकाे सिमा छाेएकाे धानखाेला बजारमा फाेहरमैला ब्यबस्थापन गर्न चुनाैति रहेकाे बताउदै संघका अध्यक्ष ओमप्रकाश बसेलले पालिका सँग समन्वय गरेर स्थायि रूपमा फाेहरमैला ब्यबस्थापन गरिने बताउनु भयाे । ब्यबसाय तथा हाेटलबाट निस्किएका कुहिने तथा नकुहिने फाेहरलाई छुट्याई निश्चित स्थानमा ब्यबस्थापन गर्न जरूरी रहेकाे बताउदै अध्यक्ष बसेलले दाङकाे प्रबेशद्वार धानखाेला लाई चाडवाडकाे अवसरमा सजिसजाउ गर्नुपर्ने बताउनु भयाे ।

धानखाेलालाई आकर्षणकाे केन्द्र बनाउन चाडबाडमा पतका, रंगराेगन गर्न स्थानिय बजार ब्यबस्थापन समिति लाग्नु पर्ने बताउदै उहाँले उद्योग बाणिज्य संघले सक्दाे सहयाेग गर्ने बताउनुभयाे । कार्यक्रम संघका उपाध्यक्ष चिन्ताप्रसाद पाेख्रेल, काेषाध्यक्ष दुखहरण यादब, सदस्यहरू राजन खनाल रमेश कुमार बजगाई, धानखाेला बजार ब्यबस्थापन समितिका अध्यक्ष, पदाधिकारी, सदस्यहरू, स्थानिय ब्यबसायि तथा पत्रकारहरूकाे सहभागिता रहेकाे थियाे ।

कार्यक्रममा सहभागिहरूले उद्याेग बाणिज्य संघले गरेकाे कामकाे प्रशंसा गर्दै फाेहरमैलालाई निश्चित रूपमा ब्यबस्थापन गर्न पालिका सँग समन्वय गरिदिन आग्रह गरेका थिय । स्थायि रूपमा फाेहरमैला ब्यबस्थापन नहुदा सम्म हप्तामा १ दिन मात्र भए पनि पालिकाकाे ट्रेकटर याे स्थानमा आए सहज हुने स्थानिय ब्यबसायिले बताएका छन् । संघकाे बार्षिक कार्ययाेजना अन्तरगत कालाकाटे र धानखाेलामा डस्टबिन बितरण गरिएकाे कार्यक्रमकाे सहजिकरण काेषाध्यक्ष दुखहरण यादबले गर्नु भएकाे थियाे ।

  

मा प्रकाशित