संविधान दिवसको अवसरमा गढवामा झण्डोत्लन तथा सरसफाई (फोटो फिचर) 

आलोक भावुक

गढवा, ३ असोज । गढवा गाउँपालिका वडा नम्बर ६ ले संविधान दिवसकाे अवसरमा राष्ट्रिय झण्डोत्लन तथा सरसफाई कार्यक्रम सम्पन्न गरेको छ।

वडा नम्बर ६ को आयोजनामा वडा कार्यालय परिसर तथा गढवा बजारमा सरसफाई गरिएको छ।

गढवा गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष विर बहादुर आले मगर,इलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक कालिका कार्की, वडासदस्यहरु दिनामणी आचार्य, गोबिन्द रोका, मानु कुमाल, गढवा उद्योग बाणिज्य संघका अध्यक्ष ओम प्रकाश बसेल, गढवा गाउँपालिका भिटा परियोजनाका कार्यक्रम संयोजक बसन्त कुमार शर्मा, ६ नम्बर वडा सचिव विष्णु बिसी, समुदाय प्रहरी साझेदारी कार्यक्रम ईप्रका गढवाका प्रहरी जवान, भिटा परियोजना द्वारा ६ नम्बरमा गठित महिला उद्धमी समूहका महिलाहरु र स्थानीयको सहभागिता रहेको थियो ।

 सांझ ५ बजे गढवा बजारमा दिप प्रज्वलन गर्ने कार्यक्रम तय गरिएको ६ नम्बर वडाध्यक्ष बिर बहादुर आले मगरले जानकारी दिनुभयो।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID