बाराको निजगढमा यात्रु बस दुर्घटना, गढवा-५ बांकीका चेतन राय यादवको मृत्यु, ४२ घाइते

गणतन्त्रनेपाल समाचारदाता

दाङ, ३१ भदौ । बारामा गएराति बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य ४२ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

गएराति साढे १२ बजे पूर्वपश्चिम राजमार्गमा पर्ने निजगढ नगरपालिका–८ स्थित उनासी पुलबाट बस तल खसेर दुर्घटना भएको बाराका डीएसपी प्रकाश सापकोटाले जानकारी दिनुभयो।

‘दुर्घटनामा दाङको गढवा गाउँपालिका वडा नम्बर ५  बाकी घर भएका करिब ४५ वर्षीय चेतन राय यादवको मृत्यु भएको छ,’ सापकोटाले भन्नु भयो, ‘यादवको उपचारको क्रममा वीरगन्जस्थित बयोधा अस्पतालमा आज बिहान मृत्यु भएको हो।’

विराटनगरबाट दाङतर्फ जाँदै गरेको ना ८ ख ११६४ नम्बरको बस अनियन्त्रित भएर पुलबाट तल खसेको उहाँले बताउनुभयो।

घाइते ४२ जनामध्ये ७ जनाको अवस्था गम्भीर छ। ‘गम्भीर घाइते सात जनाको अहिले बयोधा अस्पतालमा उपचार भइरहेको छ,’ डीएसपी सापकोटाले भन्नुभयो , ‘सामान्य घाइते ३६ जनाको निजगढकै विभिन्न अस्पतालमा उपचार भइरहेको छ।’

अगाडिपट्टीको पट्टा भाचिँदा बस अनियन्त्रित भएर पुलबाट तल खसेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीको भनाई छ।

घाइतेमध्ये सामान्य अवस्थाका २७ जनाको निजगढस्थित प्रसूती अस्पतालमा र आठ जनाको सिटी अस्पतालमा उपचार भइरहेको छ। दुर्घटनामा बसका चालक सल्यानको शारदा नगरपालिका वडा नम्बर ३ का करिब ४० वर्षीय बलबहादुर भण्डारी पनि गम्भीर घाइते भएको प्रहरीले जनाएको छ।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID