गढवामा २ महिने सिलाई कटाई तालिम, व्यवसायिक रुपमा काम गर्न जोड

आलोक भावुक

गढवा, २८ भदौ । गढवा गाउँपालिका वडा नम्बर वडा नम्बर ६ गढवाको आर्थिक सहयोग तथा स्वस्तिक प्रशिक्षक प्रशिक्षण तालिम केन्द्र गढवा दाङको प्राविधिक सहयोगमा सम्पन्न भएको हाे।
दुईमहिने कटाई सिलाई तालिमको समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा गढवा गाउँपालिका उपाध्यक्ष शारदा कुमारी चौधरीले कटाई सिलाई तालिम व्यवसायिक रुपमा गर्न जोड दिनु भयो । तालिम गरेर व्यवसाय सञ्चालन नगर्दा पालिकाको करोडौ रुपैयाँ उपलब्धि मुलुक नभएको बताउनु भयो।
कार्यक्रममा बोल्दै ६ नम्बर वडाध्यक्ष बिर बहादुर आले मगरले महिलाहरूलाई स्वरोजगार बनाउन र उनीहरूको आर्थिक सशक्तीकरणमा टेवा पुर्याउने र आत्मनिर्भर बनाउने उद्देश्यले तालिमको आयोजना गरेको बताउनु भयो।
तालिममा १० जना महिलाहरूको सहभागिता रहेको थियो। तालिममा सहभागीलाई प्रमाणपत्र वितरण गरिएको थियो।

तालिमको समापन कार्यक्रममा ६ नम्बर वडासदस्य दिनमणी आचार्य,प्रशिक्षक लिलावती यादव, सहभागिको तर्फ पुष्पा बुढाथोकी लगायतकाले बोल्नु भएको थियो ।

दुई महिने कटाई सिलाई तालिमको समापन कार्यक्रममा गढवा गाउँपालिकाका उपाध्यक्ष शारदा कुमारी चौधरी, वडा नम्बर ६ का वडा अध्यक्ष बिर बहादुर आले मगर, वडा नं ६ का वडा सदस्य दिनमणी आचार्य, ५ नम्बर वडाका वडा सचिव राम नरेश यादव, स्वस्तिक प्रशिक्षक प्रशिक्षण केन्द्र गढवाका श्रवण कुमार यादव लगायतकाको सहभागिता रहेको थियो। तालिमको सञ्चालन सत्यपाल यादवले गर्नु भएको थियो।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID