पोषण मार्फत कुपोषण हटाउछौं : गाउँपालिका अध्यक्ष पोख्रेल

आलोक भावुक

गढवा, १८ भदौं।गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले पोषण र खाद्य सुरक्षा कार्यक्रम मार्फत कुपोषण हटाउन सक्ने बताउनु भएको छ । गढवा गाउँपालिकाको आयोजना तथा हेलन केलर इन्टरनेसनल र व्याकवार्ड सोसाइटी एजुकेसन दाङ तुल्सीपुरको सहकार्य सहयोगमा सम्पन्न भएको गढवा गाउपालिका स्तरीय पोषण तथा खाद्य सुरक्षा निर्देशक समिति र सरोकारवाला संग बैठक तथा छलफल कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष पोख्रेलले सो कुरा बताउनुभएको हो। पोषणको क्षेत्रमा लुम्बिनी प्रदेश सबै भन्दा पछी भएको सुन्दा अफु चकित भएको बताउदै अध्यक्ष पोख्रेलले पोषण र खाद्य सुरक्षा कार्यक्रममा सहकार्य गर्ने संस्था हेलन केलर इन्टरनेसनल र व्याकवार्ड सोसाइटी एजुकेसन दाङ लाई धन्यवाद समेत दिनु भयो। सुचक सुधारका लागि स्थानीय सरकारले जिम्मा लिने गरी कार्यक्रमहरु अघि बढाउने बताउनुभयो। पोषण र खाद्य सुरक्षा कार्यक्रममा पालिकाले अपनत्व नलिने सम्म सोचेको सुधार नहुने भन्दै कुपोषण र महिलाहरुमा देखिने रक्त अल्पता नियन्त्रण गर्न कठिन हुने बताउनु भयो। बालबालिकामा देखिने कुपोषण र महिलाहरुमा रक्तअल्पता शुन्यमा झार्न स्थानीय पाठ्यक्रममा समावेश गर्नु पर्ने भन्दै त्यसतर्फ समेत आफु लाग्ने र विद्यालयबाट सुरु गर्ने बताउनु भयो ।

कार्यक्रममा बोल्दै गढवा गाउँपालिका उपाध्यक्ष शारदा कुमारी चौधरीले लुम्बिनीको कुपोषणको डाटा डर लाग्दो भएको बताउनुभयो। बच्चा बच्ची लाई नियमित सुधार गर्न कडा मिहिनेत आवश्यक रहेको बताउनुभयो। । गढवा गाउँपालिकामा स्तनपान ३६ प्रतिशत हुनु चिन्ताको बिषय भएको बताउनुभयो। गढवा गाउँपालिका स्वास्थ्य क्षेत्रको नतीजा राम्रो भएता पनि स्तनपानको प्रतिशतले आफु अश्चार्यचकित भएको बताउनुभयो। कुपोषणको अन्त्यका लागि सबैको साझा धारणा बनाई अघि बढ्ने प्रतिक्रिया दिनु भयो।

त्यसैगरी कार्यक्रममा बोल्दै गढवा गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष लेख बहादुर थापाले कुपोषणमा लुम्बिनी प्रदेश अग्रस्थानमा रहनु चिन्ता र चुनौतीको बिषय भएको बताउनुभयो। कुपोषण अन्त्यका लागि सबैको साझा साथ सहयोग अपरिहार्य रहेको बताउदै वडाध्यक्ष थापाले नेपाल सरकारको अभियानलाई सबैले सहयोग गर्नुपर्ने बताउनुभयो। कुपोषणको बिकराल अवस्था चिन्ताजनक रहेको बताउदै भौतिक बिकास मात्र नभई मानवीय विकासको लागि स्वास्थ्य जिवन र स्वाथ समाजको निर्माण आवश्यक रहेको बताउनुभयो।

कार्यक्रममा बोल्दै ६ नम्बर वडाध्यक्ष बिर बहादुर आले मगरले कुपोषणको अन्त्यका लागि ताजा र स्वच्छ खानेकुराको प्रयोग गर्नु पर्नू बताउनुभयो । भारत लगाएतको ठाउबाट आउने तरकारी तथा फलफूल बिषादीयुक्त रहेकोले खाना नहुने बताउदै गरिवीका कारण बालबालिकाहरुले समयमा आवश्यक पोषण खाना नपाएकाले कुपोषण संख्या बढ्दै गएको बताउनुभयो।

बैठकमा पालिका अध्यक्ष, उपाध्यक्ष, कार्यपालिका सदस्य, वडासदस्यहरु, सम्बन्धित शाखाका प्रमुखहरु, पत्रकार लगाएतकाको सहभागिता रहेको थियो।

बैठक तथा छलफल कार्यक्रममा कार्यक्रमको बारेमा व्याकवार्ड सोसाइटी एजुकेसन दाङ तुल्सीपुरका कार्यककारी निर्देशन चुर्ण बहादुर चौधरीले जानकारी दिनु भएको थियोे।

कार्यक्रम व्याकवार्ड सोसाइटी एजुकेसन दाङका सदस्य श्रीराम यादव, खढवा उद्योग वाणिज्य संघका अध्यक्ष ओम प्रकाश बसेल लगायतकाले बोल्नु भएको थियो ।

बैठक तथ्य छलफल कार्यक्रममा हेलन केलर इन्टरनेसनल लुम्बिनी प्रदेश कार्यक्रम संयोजक भरत शर्मा र व्याकवार्ड सोसाइटी एजुकेसन दाङ तुल्सीपुरका कार्यक्रम संयोजक

शुरेश चौधरीले कार्यक्रमको बारेमा प्रस्तुतिकरण गर्नु भएको थियो । कार्यक्रमको सञ्चालन गढवा गाउँपालिका शिक्षा शाखा प्रमुख श्याम बहादुर बिकले गर्नु भएको थियो ।

मा प्रकाशित