गढवा, १५ भदौ। दाङको देउखुरीको गढवा – ५ चैनपुरमा रहेको उनको बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ११औं वार्षिक साधारण शनिबार सम्पन्न भएको छ।
सभामा बोल्दै प्रमुख अतिथि तथा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले अन्य धेरै सहकारी संस्थाहरुको सहभागिता र उनको बचत तथा ऋण सहकारी संस्था लिमिटेडको साधारणसभामा देखिएको भिडले धेरै कुरा प्रष्ट पारेको बताउनुभयो। अनय थुप्रै सहकारी संस्थाहरुको कार्यक्रममा शेयर सदस्यहरु नआएको कार्यक्रम खल्लो हुने गरेको बताउदै यो संस्थाको कार्यक्रममा हल खचाखच भरिनुको मतलव शेयर सदस्य, व्यवस्थापन समिति र अन्य सदस्यले गरेको मिहेनत दर्साएको बताउनुभयो। उनको बचत तथा ऋण सहकारी संस्थाले पारदर्शी हिसाव अन्य क्रियाकलाप सञ्चालन गरेकोले सबैको बिस्वास बढेको बताउनुभयो। अन्य थुप्रै सहकारी संस्थाहरुको अवस्था दयनीय रहेको समयमा यो संस्थामा अझैपनि शेयर सदस्य बचतकर्ताको सहभागिता बढ्नुको साथै पुंजीपनि बढ्दै जानु सकरात्मक भएको बताउनुभयो। केही सहकारी संस्थाहरु ऋण असुली गर्न नसक्नु, बचतकर्ताको बचत पैसा फिर्ता गर्न नसक्नु तर उनको बचत तथा ऋण सहकारी संस्थाको प्रगति उदाहरणीय भएको बताउदै आउदा दिनमा थप सफल्ताअओ शुभकामना ब्यक्त गर्नु भयो । सहकारी संस्थाहरु आत्मनिर्भर बन्नु पर्ने बताउनुभयो । क्रियटिङ पोसिबिलिटिज नेपालको सहयोगमा सञ्चालित संस्था आत्मनिर्भर भई भोलीका दिनमा सिपी नेपालको सहयोग बिना पनि सञ्चालन हुन सक्ने बनाउनु पर्ने कुरामा जोड दिनु भयो।
कार्यक्रममा उनको बचत तथा ऋण सहकारी संस्था लिमिटेडकी अध्यक्ष रिना चौधरीले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै करिब १० बर्ष पहिले २७ जना सदस्य मिले २ हजार रुपैयाँका दरले शेयर जम्मा गरेर ५४ हजारको पुँजीबाट कारोबार सुरु गरेको उनको बचत तथा ऋण सहकारी संस्था लिमिटेड आज १हजार ५ सय ८३ जना शेयर सदस्यहरु रहेको र ५ करोड ३३ लाख २० हजार ४ सय पैँतालीस रुपैयाँ उनानचालिस रुपैयाँमा कारोबार सञ्चालनमा रहेको प्रतिबेदनमा प्रस्तुत गर्नु भयो। भने जिल्ला सहकारी संघमा १ हजार र राष्ट्रिय सहकारी बैंकमा ५ हजार शेयर रहेको प्रतिबेदनमा प्रस्तुत गर्नु भयो ।गत आर्थिक वर्ष २०७९/०८० मा मात्रै संस्थाको खुद नाफा २० लाख २ हजार ३ सय ४१ रुपैयाँ रहेको थियो भने आर्थिक वर्ष २०८०/०८१मा १३ लाख ५८ हजार ५ सय ३२ रुपैयाँ खुद नाफा भएको प्रतिबेदनमा प्रस्तुत गर्नु भएको थियो ।
संस्थाकी कोषाध्यक्ष वविता चौधरीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो।
११औं वार्षिक साधारण सभाको अवसरमा असल बचत कर्ता ५ जनालाई पुरस्कार शहित सम्मान गरिएको थियो। जस्मा शान्ति चौधरी, सरिता चौधरी,सुवासी चौधरी, शिवा चौधरी र सफर अलि मिया रहनु भएको छ। उहाँहरु लाई असल बचतकर्ताको रुपमा सम्मान गरिएको हो। त्यसैगरी असल ऋणीहरूमा रिता चौधरी, सुघरमानी चौधरी र मन कुमारी लाई सम्मान गरिएको हो ।त्यसैगरी ५ जना विद्यार्थीहरुलाई छात्रवृत्ति समेत बितरण गरिएको छ। जसमा कक्षा १२ व्यवस्थापन संकायका रामा चौधरी, स्नातक तहका रेणु चौधरी, कक्षा १२ मा व्यवस्थापन संकायका अम्मर राज चौधरी, कक्षा १२ मा बिज्ञान विषयका अविशेक चौधरी र कक्षा १२ मा शिक्षा विषयका उषा चौधरीलाई नगद १०/१० हजारका दरले छात्रवृत्ति रकम हस्तान्तरण गरिएको हो।
कार्यक्रममा गढवा गाउँपालिका ५ नम्बर वडाध्यक्ष लेख बहादुर थापा, क्रियटिङ पोसिबिलिटिज नेपालका महा सचिव तथा संरक्षक मन्दर शिखर बन्द्योपाध्याय, गढवा गाउँपालिका कृषि सहकारी शाखाका प्रमुख अशाेक कुमार यादव, क्रियटिङ पोसिबिलिटिज नेपालका निर्देशक दिनेश राज सापकोटा, गाउँपालिका स्तरीय सहकारी संञ्जालका अध्यक्ष बेगम बहादुर गहतराज, हिमाल महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडकी अध्यक्ष सिता थापा, युवा कृषि सहकारी संस्थाका अध्यक्ष नारायण भुषाल लगायतको सहभागिता रहेको थियो।
जुनु चौधरीको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सहजिकरण क्रियटिङ पोसिबिलिटिज नेपालकी महिला कार्यक्रम संयोजक सरिता चौधरीले गर्नु भएको थियो।