गढवा, १४ भदौ। गढवा गाउँपालिकाको वार्षिक समिक्षा तथा समन्वय बैठक आज गढवा गाउँपालिकाको सभाहलमा सम्पन्न भएको छ। गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको अध्यक्षतामा भएको कार्यक्रममा गढवा गाउँपालिका बिभिन्न शाखाका प्रमुखहरुले आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रगति प्रतिवेदन तथा बेरुजु रकम सार्वजनिक गर्नु भएको थियो।
बार्षिक प्रगतिको क्रममा शिक्षा शाखा प्रमुख श्याम बहादुर बिक, स्वास्थ्य शाखा प्रमुख कैलाश चौधरी, पशुपंक्षी तथा मत्स्य विकास शाखाका प्रतिनिधि अन्नतराज रेग्मी, विकाश पुर्वाधार तथा बिपद् शाखाको इन्जिनियर शेषमणि पौडेल, सूचना प्रविधि तथा भूमि शाखाको सञ्जित पौडेल, महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाको प्रेरणा चन्द, रोजगार शाखाका अशोक कुमार यादव, संघ संस्था तथा न्यायिक समितिको शुरेस पौडेल, राजश्व शाखा कुलराज कुमाल, योजना शाखाका बसन्ती चौधरी, पञ्जिकरण शाखा प्रमुख ऋषिराम यादव, जिन्सी शाखा सम्भु चौधरी, आर्थिक प्रशासन शाखा दानविर चौधरी, प्रशासन शाखा पुनाराम शर्मा, उद्यम विकास शाखा बिनु भुजेल, भिटा परियोजनाको बसन्त कुमार शर्मा, १ नम्बर वडासचिव मधुसुदन पौडेलले आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो।
त्यसैगरी बैठकमा बोल्दै गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले एक शाखाले अर्को शाखालाई साथ सहयोग नगरे सम्म कार्यसम्पादनमा सहजता नहुने बताउनु भयो । पालिका बिकाशको गतिमा हिड्न जनप्रतिनिधि, कर्मचारी र विभिन्न शाखा बिचको समन्वय आवश्यक रहेको बताउनुभयो।
त्यसैगरी बैठकमा बोल्दै गढवा गाउँपालिका उपाध्यक्ष शारदा कुमारी चौधरीले शाखागत प्रगति प्रतिवेदन सन्तोषजनक भएपनि सोचे जस्तो राम्रो नभएको बताउनु भयो। शाखाको बिनियोजित बजेट खर्च प्रतिशत बढाउनु पर्ने बताउनुभयो।
त्यसैगरी बैठकमा ४ नम्बर वडा अध्यक्ष हरि भगत चौधरी, ६ नम्बर वडाध्यक्ष बिर बहादुर आले, ६ नम्बर वडासदस्य दिनमणी आचार्य लगायतकाले बोल्नु भएको थियो ।
बैठकमा गढवा गाउँपालिका उपाध्यक्ष शारदा कुमारी चौधरी, प्रमुख प्रशासकीय अधिकृत अम्मर राज शर्मा, ३ नम्बर वडाध्यक्ष तुल्सीराम अधिकारी, ४ नम्बर वडाध्यक्ष हरी भगत चौधरी, ५ नम्बर वडाध्यक्ष लेख बहादुर थापा, ६ नम्बर वडाध्यक्ष बिर बहादुर आले मगर, ८ नम्बर वडाध्यक्ष अब्दुल खालिक सिद्दिकी, त्यसैगरी कार्यपालिका सदस्यहरु, वडासदस्यहरु, विषयगत समितिका संयोजक तथा सदस्य, बिभिन्न बिषयगत शाखाका प्रमुखहरु, कर्मचारी लगायतकाको सहभागिता रहेको थियो। कार्यक्रमको सञ्चालन प्रशासन शाखा प्रमुख पुनाराम शर्माले गर्नु भएको थियो ।