गढवाका उद्यमी महिलालाई बाख्रा उपहार’

सहकारी, समूह र उद्यमी मार्फत देश समृद्ध बन्छ : मन्त्री पन्थी

आलोक भावुक

गढवा, ९ भदौ। गढवा गाउँपालिका द्वारा सञ्चालित भिटा परियोजना द्वारा गढवा गाउँपालिका वडा नम्बरको मतपुर पिपलडाँडामा आर्थिक वर्ष २०७९/०८०मा वितरित बाख्राको पहिलो पुस्ता उपहार प्रदान कार्यक्रम आज गढवामा सम्पन्न भएको छ।

गढवा गाउँपालिका वडा नम्बर ६ मतपुर पिपलडाँडामा गठित हरियाली उधमी महिला समूहका अध्यक्ष सलिना जिसीको अध्यक्षता तथा लुम्बिनी प्रदेश कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीको प्रमुख आतिथ्य तथा लुम्बिनी प्रदेश सभा सदस्य इन्द्रजित थारु, गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेल र उपाध्यक्ष शारदा कुमारी चौधरीको बिशिस्ट आतिथ्यमा सम्पन्न भएको छ।

उपहार प्रदान कार्यक्रम १४ जना उद्यमी महिलाहरु लाई २८ वटा बाख्रा उपहार गरिएको छ। प्रमुख अतिथि तथा लुम्बिनी प्रदेश कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीले उद्यमी महिलाहरुलाई बाख्रा उपहार दिएर उपहार कार्यक्रमको शुभारम्भ गर्नु भएको हो ।

कार्यक्रममा गढवा गाउँपालिकाका शाखाका प्रमुख, हेफर प्रोजेक्ट नेपालका कर्मचारी, ग्रामीण महिला उत्थान केन्द्र घोराही दाङका कर्मचारी, प्रहरी, विभिन्न उद्यमी महिला समूहका उद्यमी महिलाहरुको बाक्लो उपस्थिति रहेको थियो।

उपहार प्रदान कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीले समूह र उद्यमी मार्फत देश समृद्ध बन्ने लुम्बिनी प्रदेशका कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीले बताउनु भएको छ । हरियाली उधमी महिला समूह गढवा – ६ मदपुर पिपलडाँडाले गढवामा आयोजना गरेको बाख्राको पहिलो पुस्ता उपहार प्रदान कार्यक्रममा बोल्दै मन्त्री पन्थीले सो कुरा बताउनुभएको हो। प्रविधि स्रोत साधन कृषि पशु पालनमा गढवा गाउँपालिकालाई के आवश्यक छ भन्ने बारे स्थानीय तहका सरकार संग सरसल्लाह गरेर आवश्यक सहयोग गर्ने बताउनु भयो। गढवा गाउँपालिका कृषि र पशुपालनमा धेरै सम्भावना बोकेको बताउदै आगामी दिनमा यो क्षेत्रमा नयाँ तरिकाले अघि बढ्ने बताउनुभयो। साथै मन्त्री पन्थीले कृषकले उत्पादन गरेर कृषि सामाग्रीको बजारीकरणमा प्रदेश सरकारले साथ दिने बताउनुभयो। कृषिको माध्यमबाट हरेक जनताको मुहारमा खुसी ल्याउने नयाँ कार्यक्रम तय गर्ने बताउनु भयो। आफु धेरै भाषण नगर्ने बताउदै बोली र ब्यवहारमा एक रुपता ल्याउन आफु सधै प्रयासरत रहेको बताउनुभयो। नागरिक लाई सरकार भएको अनुभूति गराउनु नै ठुलो कार्य भएको बताउनुभयो।

त्यसैगरी उपहार प्रदान कार्यक्रममा बोल्दै बिशिस्ट अतिथी तथा लुम्बिनी प्रदेश सभा सदस्य इन्द्रजित थारुले गढवा गाउँपालिकाले सञ्चालन गरेको भिटा परियोजना आर्थिक समृद्धीको लागि साझेदारी परियाेजना भएकोले नागरिकले पैसा कमाउनको लागि सरकार संग साझेदारी गरेर आत्मनिर्भर बन्ने हिसावले उद्यम गर्नु पर्ने बताउनुभयो ।भिटा परियोजना गढवा गाउँपालिकाको श्रम गरेर सरकारको आर्थिक तथा प्राविधिक सहयोग पैसा कमाउने ठुलो कार्यक्रम भएको बताउनुभयो। पालिकाको लगानीमा नागरिकको श्रमबाट आर्थिक समृद्धी समभव छ भन्ने यो एउटा अवसर भएकोले बिशेष गरी महिला लक्षित कार्यक्रम भएकोले सबै महिलादिदि बहिनीहरुले अवसरलाई सदुपयोग गर्नु पर्ने बताउनुभयो। महिला पनि गर्न सक्छन् है भन्ने देखाउन पालिकाको यो कार्यक्रम उदाहरणीय बन्ने बताउनुभयो।

त्यसैगरी उपहार प्रदान कार्यक्रममा बोल्दै गढवा गाउँपालिका उपाध्यक्ष शारदा कुमारी चौधरीले महिलाहरुलाई उद्यम मार्फत रोजगार संग जोड्न यो कार्यक्रम सुरु गरेको बताउनु भयो। बाटोघाटो, पुल पुलेसा मात्र बिकाश नभई महिला शसक्तिकरण पनि ठुलो विकास भएकोले भिटा महिला केन्द्रित कार्यक्रम सञ्चालन गरेको बताउनु भयो।

कार्यक्रममा ६ नम्बर वडाध्यक्ष विर बहादुर आले मगर, गढवा सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेड गढवाका अध्यक्ष सोभा रावत क्षेत्री, हेफर प्रोजेक्ट नेपाल क्षेत्रीय प्रवन्धक प्रकाश केसी, हेफर प्रोजेक्ट नेपालका अधिकृत डा गान्धी उपाध्याय लगायतकाले बोल्नु भएको थियो ।

मा प्रकाशित