गढवा, २८ साउन। राष्ट्रपति चुरे-तराई मधेश संरक्षण विकाश समिति कार्यक्रम कार्यान्वयन इकाई र गढवा गाउँपालिका बिचको समन्वय बैठक तथा छलफल कार्यक्रम गढवामा सम्पन्न भएको छ।
राष्ट्रपति चुरे-तराई मधेश संरक्षण विकास समिति सदस्य कमला ओली सिवाकोटीको अध्यक्षता तथा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको प्रमुख आतिथ्य तथा गढवा गाउँपालिका उपाध्यक्ष शारदा कुमारी चौधरीको बिशिस्ट आतिथ्यमा सम्पन्न हो।
बैठकमा तराई मधेश संरक्षण विकाश समिति कार्यान्वयन ईकाई बुटवल रुपन्देहीले गढवा गाउँपालिकामा पाँच बर्षमा गरेको कार्यक्रमको बारेमा जानकारी गराईएको थियो। चुरे संरक्षण समितिले गढवा गाउँपालिकाको बिभिन्न वडामा आर्थिक वर्ष २०७७/०७८समितिले आर्थिक वर्ष २०७६/०७७ साल देखि आर्थिक वर्ष २०८०/०८१ सम्म गढवा गाउँपालिकामा विनियोजित बजेट तदा खर्चको विवरण प्रस्तुत गरेको थियो। समितिले गढवा गाउँपालिकामा आर्थिक वर्ष २०७६/०७७ मा एक करोड ८० लाख मध्ये १ करोड ६९ लाख ५० हजार खर्च गरेको थियो भने आर्थिक वर्ष २०७७/०७८ सालमा ३ करोड ५० लाख बजेट विनियोजन गरेको मध्ये बाट ३ करोड ४३ लाक ८६ हजार खर्च गरेको थियो। त्यसैगरी आर्थिक वर्ष २०७८/०७९ सालमा १ करोड ३० लाख बजेट विनियोजन गरेको थियो भने १ करोड २८ लाख ९१ हजार रुपैयाँ खर्च गरेको थियो भने आर्थिक वर्ष २०७९/०८० सालमा २ करोड ९६ लाख बजेट विनियोजन गरेको मध्ये बाट २ करोड ८८ लाख ५५ हजार रुपैयाँ खर्च गरेको थियो। त्यसैगरी आर्थिक वर्ष २०८०/०८१ मा २ करोड २४ लाख बजेट विनियोजन गरेको मध्ये बाट १ करोड १ लाख ७३ हजार रुपैयाँ खर्च गरी कुल ११करोड ८० लाख रुपैयाँ बजेट विनियोजन गरेको मध्येबाट ११ करोड ३२ लाख ५५ हजार रुपैयाँ बराबरको काम सम्पन्न गरीसकेको बजेट तथा खर्च विवरणमा सार्वजनिक गरेको छ।
चुरे-तराई मधेश संरक्षण विकाश समितिले दाङमा १ लाख ४५ हजार ५ सय ९५ चुरेले ओगटेको क्षेत्रफलमा काम गरिरहेको जनाएको छ। समितिले गढवा गाउँपालिकामा राप्ती नदी र रङसिङ्ग नदि र अन्य १४ वटा खहरेखोलामा कार्यक्रम गरेको जनाएको छ।
राष्ट्रपति चुरे-तराई मधेश संरक्षण विकाश समितिले हाल सम्म १० वटा खोलाखोल्सी र पहिरोहरुमा जालीको चेकड्याम तथा तटबन्ध निर्माण, २२ वटा खोलाहरुको २.९ किलोमिटर किनारामा जालीको तटबन्ध तथा माटोको ड्याम निर्माण गरेको, १० हेक्टर क्षतिग्रस्त जमिनको पुन:स्थापना गरेको, ८ हेक्टर नदि उकास क्षेत्रमा तारबार सहित बृक्षारोपण गरेको, ४ स्थानमा भूमिगत जल पुनर्भरणका लागि पोखरी निर्माण गरेको र २ स्थानमा सिमसार संरक्षण गरी उपलब्धि भएको जनाएको छ ।
समन्वय बैठकमा बोल्दै गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले चुरे संरक्षण कार्यक्रम मार्फत हुने योजनाको काममा उपभोक्ता समिति मार्फत काम गर्नु राम्रो तर समिति नाममा मात्र हुने गरेकाे भन्दै त्यस्ता गलत काम गर्ने बिचौलियाको अन्त्य हुनुपर्ने बताउनुभयो। योजनाको काममा नदिजन्य पदार्थको रोयल्टी कस्ले लिने बारे ठोस निति नभएको कारण स्थानीय तहलाई राजस्वमा घाटा ब्यहोर्नु परेको बताउदै त्यसबारे चुरे संरक्षण समितिको ठोस निति हुनुपर्ने बताउनुभयो। चुरे क्षेत्रमा नदीजन्य पदार्थको उत्खनन् बारे स्पष्ट धारणा नआएको उत्खनन् भैरहने तर राजस्व चुहावट भएको बताउनुभयो। त्यसैगरी चुरे संरक्षण समितिले गर्ने योजनाको स्थान छनौट र कार्यक्रम गाउँपालिकाले छनोट गरेर दिनु पर्ने बताउदै हाल सम्म भएको कार्यक्रममा पालिका कुनै पनि ठाउँको कार्यक्रम सिफारिस नगरेको बताउनुभयो। कुन ठाउँमा के काम आवश्यक छ यो जिम्मा पालिकाले लाई हुनुपर्छ, हामी योजना छनौट गरेर सिफारिस गर्छौ त्यहाँ काम गरे पालिकाको पनि अपनत्व र पुनर्निर्माणमा सहजता हुने अध्यक्ष पोख्रेलले भन्नु भयो ।
त्यसैगरी बैठकमा बिचार राख्दै राष्ट्रपति चुरे-तराई मधेश संरक्षण विकास समिति सदस्य कमला ओली सिवाकोटीले चुरे संरक्षण कार्यक्रमको आयोजना प्राविधिकले रोयल्टी सहितको ईस्टीमेट गरे कार्वाही गरिने बताउनुभयो। चुरे संरक्षण कार्यक्रमले महत्वपूर्ण काम गरेको भन्दै सबैको अपनत्व हुनु पर्ने बताउनुभयो। हाल सम्मको कार्यक्रम वडा कार्यालय संग समन्वय गरेर गरेको बताउदै आगामी दिनमा पालिका संगको सहकार्य गर्ने बताउनु भयो। पालिका संग समन्वय गर्दा समय लम्बिने हुनाले सम्बन्धी वडाबाटै सहकार्य गरेर काम गरेको बताउनु भयो।
बैठकमा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेल, उपाध्यक्ष शारदा कुमारी चौधरी, प्रमुख प्रशासकीय अधिकृत अमरराज शर्मा, राष्ट्रपति चुरे-तराई मधेश संरक्षण विकास समिति सदस्य कमला ओली सिवाकोटी, इकाई प्रमुख रामकृष्ण राजथला, गढवा गाउँपालिका वडा २ का कार्यबाहक वडाध्यक्ष राधेश्याम थारु कुमाल, ५ नम्बरका कार्यबाहक वडाध्यक्ष पल्टुराम यादव, ७ नम्बर वडाका कार्यबाहक वडाध्यक्ष महेन्द्र प्रसाद चौधरी लगायतको सहभागिता रहेको थियो ।