गढवा गाउँपालिकाको आर्थिक सहयोगमा सालझुण्डी सामुदायिक वनमा बृक्षारोपण

आलोक भावुक

गढवा, १६ साउन । गढवा गाउँपालिकाको आर्थिक सहयोगमा आज बुधबार गढवा गाउँपालिका वडा नम्बर ४ मा रहेको सालझुण्डी सामुदायिक वन उपभोक्ता समूह ३ नम्बर खण्डको १५ हेक्टर क्षेत्रफलमा मौवा र खयर प्रजातीका बिरुवा बृक्षारोपण गरिएको छ ।

सामुदायिक वन संरक्षण एबं सम्बर्धनका लागि सालझुण्डी सामुदायिक वनमा २ प्रजातिका एक हजार पाँच सय ५० विरुवा बृक्षारोपण गरिएको हो। सामुदायिक वनको खाली क्षेत्रलाई हराभरा बनाउनका लागि मौवा १ हजार १ सय ५० र खयर जातको बिरुवा ४ सय थान वृक्षारोपण गरिएको हो।

वृक्षारोपण कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश सभा सदस्य इन्द्रजित थारुले बन पैदावरको सहि प्रयोग तथा संरक्षण गर्न सक्ने हो भने देशको अर्थ तन्त्रमा सहयोग पुग्ने विश्वास दिलाउदै वातावरण तथा भुःक्षय नियन्त्रणमा बृक्षारोपण गर्दा सहयोग पुग्ने बताउनुभयो ।

सामुदायिक बनको नाङ्गो क्षेत्रलाई हराभर बनाउनका लागि स्थानीय उभोक्ताले गढवा गाउँपालिकाको सहयोगमा बृक्षारोपण गरेका हुन् । भू–क्षय, खडेरी, डढेलो, बाढी–पहिरोका कारण दिनप्रतिदिन घट्दो वनको मात्रालाई परिपूर्ति गर्नका लागि स्थानीय सहितको पहलको बृक्षारोपण अभियान चलाएको गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले बताउनु भयो ।प्राकृतिक प्रकोप एबं भौतिक पुर्वाधारको विकासकाक्रममा कुनै न कुनै ठाउँको वन मासिइरहेका छन् त्यही मासिएको वनको परिपूर्तिका लागि बृक्षारोपण अभियान सुरु गरिएको पालिका अध्यक्ष पोख्रेलले जानकारी दिनु भयो ।

वृक्षारोपण कार्यक्रममा बोल्दै सालझुण्डी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष राम लक्ष्मण शाह तेली वन क्षेत्रका नागरिकलाई चिसो हावा दिने शितलता प्रदान गर्ने संरक्षण गरिएका सामुदायिक वनका बोटबिरुवा भएकाले यसमा चासो र चिन्तन समुदायको हुनुपर्ने बताउनुभयो।

वृक्षारोपण कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य इन्द्रजित थारु, गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेल, ४ नम्बर वडाध्यक्ष हरी भगत चौधरी, नेपाल रेड्क्रस सोसाइटी उपशाखा गढवाका सभापति दयाराम यादव, प्रहरी चौकी गोबरडिहाका नेत्र बहादुर ओली,सालझुण्डी सामुदायिक वनका अध्यक्ष राम लक्ष्मण शाह तेली, गोबरडिहा सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष शिवु यादव, सालझुण्डी सामुदायिक वन उपभोक्ता समूहका पूर्व अध्यक्ष भगवती प्रसाद यादव, पूर्व सचिव ओम प्रकाश चौधरी, भिटा परियोजनाका सामुदायिक सहजकर्ता बाबुराम यादव, पत्रकार तथा गढवा गाउँपालिका प्रेस संयोजक आलोक भावुक, सामुदायिक वन उपभोक्ता समूहका सदस्यहरुको उपस्थितिमा वृक्षारोपण गरिएको हो।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID