सुष्मा ग्रेसको आवाजमा रहेको तीज गीत ‘नक्कली भैछुर’ सार्वजनिक

गणतन्त्रनेपाल समाचारदाता

दाङ, ११ साउन। संचारकर्मी प्रिया स्मृती गजमेरको शब्द लेखन तथा सुष्मा ग्रेसको आवाजमा रहेको ‘नक्कली भैछुर’ बोलको तीज गीत सार्वजनिक भएको छ । यो गीतलाई गुड भ्वाइस स्टुडियो अफिसियल युटुब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

‘नक्कली भैछुर’ बोलको तीज गीतले सबै दर्शक स्रोताको मन जित्ने छ भन्ने अपेक्षा गरेको यस गीतका लय संकलक ज्ञानेन्द्र स्वर्णकारको भनाई छ । असंख्य गीतहरुको भिडमा हाम्रो गीतलाई स्रोताले झ्याप्प मन मस्तिष्कमा राख्न सकुन भनेर लय अत्यन्तै सरल र सहज बनाइएको छ र अर्को कुरा यो गीतको लय स्रोता र पाठकले सजिलै गुनगुनाउन सकुन भन्ने उदेश्यले नै गरिएको हो । यो गीतमा चलनचल्तीका शृंगार लगाउदैमा मैले के गल्ति गरे भनेर आफ्ना मनका भावहरु पोखिएको छ । के यी शृंगारहरु लगाउदैमा नक्कली भइन्छ र ? के यी कसैले नलगाएका शृंगार हुन र भन्दै आफ्ना संगी साथीलाई सोधिएको भाव यस गीतमा झल्किएको छ।

गीतलाई सुष्मा ग्रेसले मिठासपूर्ण शैलीमा आवाज दिनु भएको छ । गायक तथा संगीतकार ज्ञानेन्द्र स्वर्णकारले लय भर्नु भएको छ भने गीतलाई सन्तोष सुनामले एरेन्ज गर्नु भएको छ । गीतको कोरियोग्राफी चर्चित नृत्य निर्देशक विक्रम चौहानले गर्नु भएको छ भने चर्चित मोडेल अन्जली अधिकारी र करिश्मा ढकालले अभिनय गर्नु भएको छ ।

लमहीमा रहेर पत्रकारिता गर्दै आएका संचारकर्मी प्रिया स्मृती गजमेरका शब्दमा आधुनिक र लोक गीत पनि बजारमा आइसकेका छन । छिट्को गुन्यो’ बोलको गीतमा यादवनाथ योगी र रिता केसीले आवाज दिनु भएको छ । ‘किन किन तिम्रै यादमा’ बोलको गीतमा पछिल्लो समयमा चर्चित गायक गोविन्द मधुर आचार्यले आवाज दिनु भएको छ भने ‘तल तल बनायो’ बोलको गीतमा ज्ञानेन्द्र स्वर्णकार र विशाखा शाहीले आवाज दिनु भएको छ ।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID