गढवाका बाढी प्रभावित क्षेत्रबाट उद्धार गरिएका नागरिकको स्वास्थ्य चेकजाँच गराउदै पालिका

आलोक भावुक

गढवा, २३ असार। लगातार भैरहेको बर्षाका कारण राप्ती नदी गढवा- ५ तकियापूरमा ढुबान गरेको जानकारी पाए पछी ५ नम्बर वडाध्यक्ष लेख बहादुर थापा, इलाका प्रहरी कार्यालय गढवा प्रहरी निरीक्षक कालिका कार्कीको नेतृत्वमा प्रहरी जवान सहितको टिमले असार २२ गते १३ घरका ९ जनालाई उद्धार गरी क्रियटिङ पोसिबिलिटिज नेपालको सभाहलमा राखिएको छ।

आज आइतबार उद्घार गरिएका ९ जनाको स्वास्थ्य चेकजाँच गरिएको छ । आज आइतबार गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेल, उपाध्यक्ष शारदा कुमारी चौधरी र ५ नम्बर वडाध्यक्ष लेख बहादुर थापाले बाढी प्रभावित व्यक्तिहरू लाई भेटी उहाहरुको स्वास्थ्य अवस्था बारे जानकारी लिनु भएको छ।

उद्दार गरिएका ९ जना नै जेष्ठ नागरिक भएकाले स्वास्थ्यमा केही समस्या नहोस् भन्ने उद्देश्यले गंगाप्रसपुर स्वास्थ्य चौकीका बाट स्वास्थ्यकर्मी बोलाई सामान्य स्वस्थ्य चेकजाँच गरिएको छ। चेकजाँच पश्चात् सबै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको गंगाप्रसपुर स्वास्थ्य चौकीका अनमी रेखा शर्मा चौधरीले जानकारी दिनु भयो ।

राप्ती नदीमा आएको बाढीले ढुबान गरेको गढवा-५ तकियापूरबाट शनिवार ९ जना जेष्ठ नागरिकहरुलाई उद्घार गरिएको थियो । उहाँहरुको खाने व्यवस्थापन गढवा गाउँपालिकाले गरेको छ भने बस्ने ब्यवस्थापन क्रियटिङ पोसिबिलिटिज नेपालको हललाई सिपि नेपालले निशुल्क प्रदान गरेको गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले बताउनुभयो ।

उद्धार गरिएकाहरुको रेखदेखमा सिपि नेपालका सरिता चौधरी लगायतको टिम र गढवा गाउँपालिका नगर प्रहरी लागेका छन्।

मा प्रकाशित