गढवामा गौमुत्र प्रयोगबाट दर्जन भन्दा बढी सामाग्री निर्माण, व्यवसाय सञ्चालन गर्ने तयारी

आलोक भावुक

गढवा, १७ असार। सीप सिकौ स्व रोजगार बनौ भन्ने मूल नाराका गढवा गाउँपालिकाको आयोजनामा सञ्चालित तिनदिने गौमुत्र प्रशोधन तथा गोबरबाट धुप निर्माण एवम् गोबर र गौमुत्रबाट विभिन्न सामाग्रीहरु निर्माण सम्बन्धी तालिम आज गढवा ६ मनिकापुरमा सम्पन्न भएको छ। गढवा गौशाला तथा स्थानीय प्रजातीका गाई संरक्षण केन्द्रमा गौमुत्र र गौ गोबर बाट करिब १५ प्रकारका सामाग्रीहरु बनाउने बारे तालिम दिईएको छ।

तिनदिने तालिमको समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा गढवा गाउँपालिका उपाध्यक्ष शारदा कुमारी चौधरीले स्थानीय स्रोत र साधनलाई प्रयोग गरी आत्मनिर्भर बन्न सक्छु भन्ने हिम्मत गर्नु पर्ने बताउनुभयो। एसइई दिएका भाई बहिनीहरुले पढ्दै कमाउदै कार्यक्रम मार्फत सिकेका कुला व्यवहार उतार्न सके पढाई र व्यवसाय एकसाथ अढि बढाउन समस्या नहुने बताउनु भयो। गढवा गौशाला तथा स्थानीय प्रजातीका गाई संरक्षण केन्द्र बाट आवश्यक गौमुत्र र गौ गोबरको प्रयोग बाट निर्माण गर्न सकिने बिभिन्न किसिमका सामाग्रीहरु निर्माण गर्न तालिम पश्चात् खासै समस्या धहुने बताउनुभयो। तालिम सिकेकाहरु मध्ये पचहत्तर प्रतिशतले सिकेका कुला व्यवहारमा उतार्नेमा आफु विश्वस्त रहेको बताउदै व्यवसाय सञ्चालन गरे गढवा गाउँपालिकाले सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नु भयो । केमिकल रहित सामाग्री निर्माण गरे बजारीकरणको समस्या पालिकाले समाधान गर्ने बताउनु भयो।

त्यसैगरी समापन कार्यक्रममा बोल्दै गढवा गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष विर बहादुर आले मगरले सिकेको सिप लाई उत्पादन मुलक कार्यक्रममा लगाउनु पर्ने बताउनुभयो ।

कार्यक्रममा ६ नम्बर वडा सदस्य दिनामणी आचार्य, गौशाला तथा स्थानीय प्रजातीका गाई संरक्षण केन्द्र गढवाका सचिव भरत पन्त लगायतकाले बोल्नु भएको थियो ।

प्रशोधित गौमुत्र, गौमुत्र बाट निर्माण भएको प्राकृतिक भाडा धुने सबुन, हातधुने झोल सावुन, प्राकृतिक फिनायल, हरित रसायन, गाईको गोबर बाट बनेको धुप, प्राकृतिक अमृतधारा, नुहाउने सावुन, लगायतका सामाग्रीहरु निर्माण सम्बन्धी तालिम दिईएको छ। गौशाला व्यवस्थापन समिति तथा अन्य गरी ३० जना लाई तालिम दिईएको छ ।

गढवा गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष विर बहादुर आले मगरको अध्यक्षता तथा गढवा गाउँपालिका उपाध्यक्ष शारदा कुमारी चौधरीको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो।

कार्यक्रममा ६ नम्बर वडा सदस्य दिनामणी आचार्य, महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाकी प्रेरणा चन्द, गढवा गाउँपालिका प्रेस संयोजक आलोक भावुक, गढवा गौशाला तथा स्थानीय प्रजातीका गाई संरक्षण केन्द्र गढवाका अध्यक्ष जित बहादुर आले मगर, अन्य व्यवस्थापन समितिका सदस्य लगाएतको सहभागिता रहेको थियो। तालिमको प्रशिक्षकमा ओमकार सहयोगी रहनु भएको थियो। समापन कार्यक्रमको सञ्चालन गढवा गाउँपालिका महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाकी प्रमुख प्रेरणा चन्दले गर्नु भएको थियो ।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID