गढवा, १२ असार। इलाका प्रहरी कार्यालय गढवाले गएराती भन्सार छलेर निकासी पैठारी गरि राजपुरको खङ्रानाका बाट जङ्रहवा हुदै रोल्पातर्फ लैजान थालेको ब्रोइलर कुखुरा र ढुवानीको पिकअप गाडी तथा चालकलाइ समेत नियन्त्रणमा लिएको छ ।
ईलाका प्रहरी कार्यालय गढवाका प्रमुख कालीका कार्कीको कमाण्डमा खटिएको टोलीले वेलुका ८ बजेदेखि रातभर पिछा गरेर बिहान ३ बजे कुखरा बोकेको गाडीलाई नियन्त्रणमा लिन सफल भएको प्रहरीको भनाई छ।
असार १२ गते बुधवार बिहानको ३ बजे राजपुर गाउँपालिका वडा नम्बर ५ जंग्रहवा स्थित जंग्रहवा खांग्रा जोड्ने सडक खण्डमा खांग्रा नाकादेखी जंग्रहवा तर्फ आउदै गरेको अवस्था ईलाका प्रहरी कार्यालय गढवाले कुखुरा लोड गरेको योद्धा पिकअप गाडी र गाडी चालकलाई आफ्नो नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय गढवा प्रमुख प्रहरी निरिक्षक कालिका कार्कीले जानकारी दिनुभयो।
रा १ च ११७४ नम्वरको योद्धा पिकअप गाडी र गाडी चालक रोल्पा माडी वडा नम्बर २ बस्ने ३७ वर्षीय हरि बहादुर घर्तीलाई प्रहरीले आफ्नो नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
पिकअप गाडी बाट भन्सार चोरी निकासी पैठारी गरी ४ सय ९० वटा बेच्न लाई तयार भएको बोईलर कुखुरा जफत गरी बुधबार नष्ट गरिएको प्रहरीले जनाएको छ ।
त्यस्तै भन्सार छली गरेर कुखुरा निकासी पैठारी गरिएको गाडी चालकसंग कुखुरा खरिद गरेको आधिकारीक कागज र क्वारेण्टाईन जाँचपास केहि नभएकोले पक्राउ गरी गाडीचालक र गाडीको कानूनी कारबाहीका लागि अगाडी बढाएको ईलाका प्रहरी कार्यालय गढवाले जनाएको छ।
कुखुरा तस्करी हुने विभिन्न नाकाको बारेमा स्थानीय व्यवसायी र किसानले जानकारी गराएको हुँदा ती सबै नाकामा प्रहरीलाई विशेष रूपमा खटाइएको पनि प्रहरी निरीक्षक कार्कीले बताउनुभयो ।
भारतबाट अबैधरुपमा भित्रिने कुखुराका कारण नेपाली कुखुराले बजार नपाउँदा करोडौँ लगानी जोखिममा पर्नुका साथै व्यवसाय पनि धराशायी भएको स्थानीय व्यवसायी र किसानको गुनासो रहेको।
बुधबार ईलाका प्रहरी कार्यालय गढवाको परिसरमा गढवा गढवा गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष विर बहादुर आले मगर,भन्सार कार्यालय कोइलाबासका दिपक बर्मा,६ नम्बर वडासदस्य दिनमणी आचार्य, गाउँपालिका पशुपंक्षी तथा मत्स्य विकास शाखाका प्रतिनिधि अन्नतराज रेग्मी, राजस्व शाखाका कुलराज कुमाल, अस्थायी पशु क्वारेन्टाईन चेअ पोष्ट भालुवाङका पशु स्वास्थ्य प्राविधिक शुसिला चौधरी, गढवा उद्योग बाणिज्य संघका दुखहरण यादव, इलाका प्रहरी कार्यालय गढवाका सहायक प्रहरी हवल्दार मदन कुमार परियार, गढवा गाउँपालिका प्रेस संयोजक आलोक भावुक, पत्रकार शिवराज पन्थी, भान्जा मोटर पार्टस गढवाका श्यामदेव चौधरी लगायतको उपस्थिति अबैध कुखुरा नष्ट गरिएको छ।