गढवामा प्रधानमन्त्री रोजगार कार्यक्रमबाट भए गरेका कामहरुको अनुगमन

आलोक भावुक

गढवा, ११ असार। गढवा गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत भए गरेका कामहरुको आज मंगलबार अनुगमन गरिएको छ । गढवा गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रमको प्राथमिकता बाटोघाटो निर्माण, नाला निर्माण, नयाँ ट्रयाक निर्माण लगायतको कामहरु पहिलो प्रथामिक्तामा परेको छ। प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत गढवा गाउँपालिका वडा नम्बर १ देखी ६ वडामा बिभिन्न कार्यहरु भएको गढवा गाउँपालिका प्रधानमन्त्री रोजगार सेवा केन्द्रका कार्यक्रम संयोजक अशाेक कुमार यादवले जानकारी दिनु भयो।

बेरोजगारहरुलाई गाउँमै रोजगारी दिने उद्येश्य अनुसार प्रधानमन्त्री रोजगार कार्यक्रमको प्राथमिकता बाटोघाटो निर्माणलाई प्रथामिक्तामा राखेको गढवा गाउँपालिका उपाध्यक्ष शारदा कुमारी चौधरीले बताउनुभयो। प्रधानमन्त्री रोजगार कार्यक्रमले गाउँमै काम पाउँदा बेरोजगार युवालाई सहज भएको छ तर उहाँहरुसँग भएको सीपको भने सदुपयोग हुन नसकेको उपाध्यक्ष चौधरीले बताउनुभयो।

गढवा गाउँपालिकाले विनियोजन गरेको बजेटले विभिन्न वडामा नयाँ ट्रयाक निर्माण, पक्की नाली निर्माण, वडा संग साझेदारीमा आरसिसि ढलान बाटो, विध्यालयको पर्खाल निर्माण, पार्क निर्माण र खहरे खोला तटबन्धको लागि जाली तटबन्ध, नाली सरसफाई लगाएतको काम गरिएको प्रधानमन्त्री रोजगार कार्यक्रम रोजगार सेवा केन्द्रका संयोजक अशाेक कुमार यादव जानकारी दिनुभयो ।

प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत गढवा – ५ सिमलतारामा नयाँ ट्रयाक खुलेपछी दमकल एम्बुलेन्स जस्ता अत्यावश्यक सवारी साधन आवतजावतमा सहजता भएको स्थानीयहरुले बताएका छन्। न्यां ट्रयाक खुलेको केही दिनको अन्तरालमा सिमलतारा गाउमा आगलागी भयो तर बाटो भएको कारण गढवा गाउँपालिकाको दमकल समयमा पुगेर आगो नियन्त्रण गरी थप क्षतीहुन बाट बचाउन सफल भएको स्थानीयहरुले बताउछन्।
अनुगमनको क्रममा गढवा-६ उपललो मदपुर, बालाखुटी, मनिकापुर त्यसैगरी वडा नम्बर ५ को सिमलतारा, कक्रहवा, त्यसैगरी वडा नम्बर १ को मलमला र कलोनी लगायतका ठाउँमा भएका कामहरुको अनुगमन गरिएको हो ।
मंगलवार गढवा गाउँपालिका उपाध्यक्ष शारदा कुमारी चौधरी, प्रमुख प्रशासकीय अधिकृत अमरराज शर्मा, ६ नम्बर वडाध्यक्ष बिर बहादुर आले मगर, प्रशासन शाखा प्रमुख पुनाराम शर्मा, रोजगार सेवा केन्द्रका संयोजक अशाेक कुमार यादव, रोजगार सहायक सत्यपाल यादव, प्राविधिक नदिम मनिहार लगायतकको सहभागितामा गरिएको कामहरुको स्थलगत अनुगमन गरिएको हो ।          

मा प्रकाशित