दाङ असार ,५ गते । लमहि नगरपालिका भित्र गाैशाला ब्यवस्थापन तथा गाैकाे धार्मिक, संस्कृति र वैज्ञानिक उपयोगिका सम्वन्धमा दाङमा छलफल सम्पन्न भएको छ ।
विश्वहिन्दु युवा महासंघका अध्यक्ष ऋषिकेशजंग शाहकाे अगुवाइमा शुरु भएको छलफलमा नेपाली काङगेसका केन्द्रीय सदस्य तथा पुर्व संविधान सभा सदस्य याेगेन्द चाैधरी, लमहि नगरपालिका नगर प्रमुख जाेगराज चाैधरी, लमहि नगरपालिका प्रमुख प्रशासकिय अधिकृत प्रकास देवकाेटा , लमहि नगरपालिका उपप्रमुख लक्ष्मि याेगि समाजसेवी विन्तिराम यादव, लगायत सराेकारवाल विच छलफल सम्पन्न भयाे ।
छलफलमा नगरपालिका नगरप्रमुख जाेगराज चाैधरिले आफु यस विषयमा गम्भीर रहेकाे वताउदै गाै संरक्षण संगै यसलाई आर्थिक विषयमा समेत जाेडेर जान सक्ने हाे भने स्वादेशमै स्वाराेजगार सृजना गर्न सक्ने वताउनु भयाे।
नगर प्रमुख चाैधरीले गाै संरक्षण हिन्दु धर्म संगमात्र जाेडेर हेन्नु भन्दा पनि यसकाे वैज्ञानिक रुपमा हुने उपयाेगी, यसका फाईदाका र मानव जीवन मा आवश्यक पर्न आैषधिका वारे सचेतनाकाे कमिले गर्दा गाै का महत्त्व वुझाउन नसकेकाे वताउनु भयाे ।
गाै संरक्षणले आर्थिक पाटाेकाे रुपमा लिन र उपयोगी गर्न सक्ने हाे भने राम्रो आम्दानी गर्न सक्ने नगर प्रमुख चाैधरीले वताउनु भयाे ।
कार्यक्रममा पुर्व संविधान सभा सदस्य याेगेन्द चाैधरीले गाै संरक्षण धर्म संगमा जाेडेर हेर्नू भन्दा पनि यसलाई आर्थिक पाटाे , मानव स्वास्थ्य, र स्वराेजगार संग जाेडेर अगाडि वढाउनु पर्ने वताउनु भयाे ।
विश्व हिन्दु युवा महासंघका केन्द्रीय सदस्य ऋषिकेशजंग शाहले गाै हिन्दु धर्म संग मात्र जाेडियकाे विषय मात्र नभई याे विश्वब्यापि रुपमा यसकाे महत्त्व नवुझ्दा गाै सडकमा आएकाे वताउनु भयाे ।
गाै वाट मानव जीवन मा अावश्यक पर्ने आैषधिकका रुपमा पाईने सबै तत्व पाउने भएकाले पनि गाै मानव जगत संरक्षणका लागि पनि गाै संरक्षण अावश्यक भएको वताउनु भयाे ।