राहुल गान्धी: सङ्घर्षबाट उदाएकाे जननेता

विचार/ब्लग

अनिरुद्द शर्मा

याे म कहिलेदेखि लेख्न चाहन्थे, त भित्रबाट आवाज आउँथ्याे, अहिले सही समय आएको छैन।

र आज, त्याे समय पनि आयाे।

हामी कहाँ याे मान्यता छ कि तपाईंको नामले तपाईंको व्यक्तित्वमाथि असर पार्छ। यदि याे सही हाे भने याे गान्धीकाे जे असर देखिरहेको छ, त्यसले नामलाई पनि सार्थक बनाएको छ। राहुल गान्धी जसरी उदाएका छन्, त्याे इतिहासमा अभूतपूर्व घटना हाे। अझ भन्ने हाे भने उनकाे आफ्नो परिवारमा कसैलाई यति मुश्किल आएन स्थापित हुनमा जति उनलाई आयाे। इन्दिरा गान्धी र राजीव गान्धीलाई विरासतमा एक स्टेटस मिलेकाे थियाे, उनीहरूले त्यसलाई अगाडि बढाउने काम गर्नु थियाे, जबकि राहुलले शून्यबाट सुरुवात गर्नुपर्‍याे र उनले आफ्नो स्थान आफै लडेर प्राप्त गरे, त्याे पनि भुइँबाट लडाई लडेर जो कुनै समय उनकाे मावली हजुरबुवा नेहरू (जवाहरलाल नेहरु) ले लडेका थिए। सन् २०१९ पश्चात् मैले कैयौंपटक भनेकाे थिए कि राहुल गान्धीले एकपटक फेरि त्यसरी नै सुरुवात गर्नुपर्छ जसरी नेहरुले गरेका थिए। अब विरासत काम लाग्दैन। याे सही साबित भयो र सौभाग्यले यही उनले पनि गरे।

तथापि उनीसँग अनेक विकल्प थिए। उनले चाहेको भए राजनीतिलाई अलविदा गरेर अत्यन्त आरामदायक जिन्दगी विश्वकाे कुनै पनि कुनामा बिताउन सक्थे, उनले यस देशकाे गल्ली-नुक्कड़काे दुई कौडीकाे मान्छेबाट समेत अपमानित हुनुपर्ने कुनै आवश्यकता थिएन। हालत याे छ कि एक दूर-दराजकाे गाउँकाे गजेडी जाे आफ्नो जीवनमा आफ्ना बच्चाहरुलाई ढंगकाे खानासम्म ख्वाउन सक्दैन, ऊ पप्पू भन्दै भद्दा हाँसाे हाँस्छ। एक इज्जतदार-संवेदनशील मानिसको लागि याे अपमान अति हाे। जति अपमान राहुलकाे भयाे, त्यति सायदै अहिलेसम्मकाे इतिहासमा कसैकाे भएकाे छ।

राहुलकाे लडाइँ यसकारण अझ खास हुन जान्छ कि उनी एक्लै थिए र उनकाे विरुद्ध सरकार, पूरै मशीनरी, उद्योगपति, पैसा, आफ्नै मान्छेहरु, अरु त अरु स्वयं जनताहरु पनि थिए। याद गर्नुहाेस् जब काँग्रेसका सारा वरिष्ठ नेताहरुले खुलेआम उनकाे विराेध गरेका थिए। यदि लडाइँकाे सुरुवातलाई हेर्ने हाे भने उनीसँग केही पनि थिएन, उनले जित्ने कुनै सम्भावना थिएन। अर्काे कुरा, नेहरू, इन्दिरा, राजीवलाई एक यस्ताे विपक्ष (प्रतिद्वन्द्वी) मिलेकाे थियाे जसमा कम से कम गरिमा थियाे। भलै राजनीतिलाई हिलाे भनाैं तर त्यसमा मलमुत्र मिसिएको थिएन, तर राहुलले जो विपक्ष (प्रतिद्वन्द्वी) पाए त्याे कुनै पनि हदसम्म गिर्न सक्थ्याे र गिर्‍याे पनि। र तपाईंलाई याे थाहा छँदैछ कि पूर्णतया गिरेकाे व्यक्तिसँग एक सभ्य व्यक्तिले जित्न सक्दैन तर पनि राहुल डगमगाएनन्, हारेनन्, न त निराश भए। उनकाे मुहारमा त्याे सदाबहार सौम्यता र मुस्कान सधैं कायम रहिरह्याे।

एक समय थियाे जब पूरै सोशल मिडिया राहुलमाथि बनेकाे चुटकिलाहरुलाई फरवर्ड गर्नका लागि उपयोग भइरहेको थियाे। उनकाे भिडियोलाई एडिट गरेर गलत तरिकाले पेश गरियाे, उनकाे छवि खराब बनाउनका लागि करोडाैं रुपैयाँ बगाइयाे। अयोग्य व्यक्ति (लाई सिध्याउन) को लागि यतिधेरै कष्ट कसैले उठाउदैन। ऊ आफै समयसँगै समाप्त हुन्छ, यदि राहुल अयोग्य थिए भने यत्राे कसरत गर्नुपर्ने आवश्यकता नै थिएन। किन यतिधेरै महत्व दिनु कुनै अयोग्य व्यक्तिलाई?

मलाई आश्चर्य पनि हुन्छ, अनि गर्व भी। एक समय थियाे जब म स्वयं विपक्षकाे कुप्रचारकाे चपेटामा आएकाे थिए र राहुललाई नालायक ठान्न थालेकाे थिए। ख़ैर, मैले त छिटै बुझे तर धेरै आफुले आफैलाई उच्च शिक्षित भन्ने मान्छेहरु अझै पनि जाहिलहरुजस्ताे कुरा गर्छन्। याे सब देख्दा मलाई रिस उठ्थ्याे कि किन याे व्यक्ति यी स्वत्वहीन, मूर्खहरुका लागि आफ्नो जीवन खराब गरिरहेका छन्? उनले यी सबलाई छाेडेर टाढा जानुपर्छ। उनीसँग त्याे सबथोक छ जाे एक राम्रो जीवन जिउनका लागि आवश्यक पर्छ। म भएकाे भए यही गर्थे तर फेरि महानकाे तक्मा इतिहासले त्यसै हरेकलाई त दिदैन नि। याे सुविधा नेहरूसँग पनि थियाे, उनलाई कुनै आवश्यकता थिएन सडकहरुकाे खाक छान्ने या जेल जाने। खानदानी रईस (धनी) थिए उनी। तर आफ्नो सबै सम्पत्ति देशलाई दान गरेर उनले काँडेदार बाटाे राेजे। याे कुरा रगतमै हुन्छ र जसकाे रगतमा याे हुन्छ, उनी कहिल्यै सजिलो बाटाे राेज्न सक्दैनन्।

राहुलले भुइँबाट लड्ने बाटाे राेजे, मलाई गर्व छ कि भलै केही पाइला नै सही, म उनकाे त्यस ऐतिहासिक ‘भारत जोड़ो यात्रा’ काे हिस्सा बनेकाे थिए। त्यस यात्राकाे उनकाे आफ्नै दलका नेताहरुले मजाक उडाए। यस्ताे कुनै माैका छाेडिएन जब उनीमाथि निशाना न साँधिएकाे हाेस्। यस देशकाे प्रधानमन्त्री जसकाे काम अब देशकाे लागि काम गर्नु थियाे, चाैबीसै घण्टा राहुलमाथि हिलाे छ्याप्नमा बिताउथे। उनकाे विरुद्ध षड्यन्त्र गर्नमा आफ्नो उर्जा खर्च गर्थे। यी ती व्यक्तिहरु हुन् जो आफ्नो लाइन ठूलाे बनाउनुकाे साटाे अरुकाे लाइन सानाे बनाउनुलाई नै आफ्नो धर्म मान्छन्। तर १० बर्षमा पूरै कोशिशहरुकाे बावजूद राहुलमाथि एक दाग पनि लगाउन सकेनन्। याे खीझ हाम्राे प्रधानमन्त्रीकाे अनुहारमा प्रष्टसँग देख्न सकिन्छ।

‘भारत जोड़ो यात्रा’ बाट पनि कुनै फाइदा नभएकाे नदेख्दा म पनि इरिटेट भएको थिए। एमपी चुनावपश्चात् त मैले आशा गर्न छाेडिसकेकाे थिए तर राहुलले छोडेनन्। उनी तयार थिए एक अर्काे यात्राकाे लागि। अद्भुत छ याे व्यक्ति। जब सबैजना उनलाई हियाइरहेका थिए, झपारिरहेका थिए कि चुनावकाे तयारी गर्ने समय उनी न्याय यात्रामा लागेका छन्, उनी मानिसहरुकाे बीचमा थिए, उनीहरूलाई जानिरहेका थिए, उनीहरूलाई बुझिरहेका थिए। याे अनुभवले निश्चित रूपमा देशकाे जनतालाई अत्यन्त फाइदा पुर्‍याउनेछ। यी यात्राहरु यदि उनले नगरेकाे भए उनलाई केवल जानकारी हुन्थ्याे, मानिसहरुकाे दु:ख-पीडाहरुकाे। अब उनलाई अनुभव छ र याे अनुभवले उनलाई प्रेरित गर्नेछ उनीहरुका लागि काम गर्न, न कि कुनै उद्योगपतिका लागि।

इतिहासमा यी यात्राहरुलाई दांडी यात्राकाे समकक्ष राखिनेछ। यस देशमा दुई दांडी यात्राहरु भए र दुवै गान्धीले निकाले। त्याे यात्रा पनि दमन र अहंकारकाे विरुद्ध थियाे अनि याे यात्रा पनि। राहुल इतिहासमा आफ्ना पूर्वजहरुका बराबरीमा, बरु अझ माथि गएर विराजमान भएका छन्। वर्तमानले चाहे कदर नगरुन् तर इतिहासले योग्यलाई इज्जत दिन्छ।

याे चुनाव अत्यन्त मुश्किल थियाे जहाँ विपक्षसँग खर्च गर्नका लागि १ रुपैयाँ थियाे भने सत्ता पक्षसँग १०० रुपैयाँ। त्यसमाथि पनि उनीहरुकाे खाता सील गरिदिइएकाे थियाे। उनीहरुबाट अवैध वसूली गरियो। राहुलले चौतर्फी लडाइँ लड्नुपरेकाे थियाे। उनकाे विरुद्ध केवल एक दल हाेइन, अथाहा धनदौलत, कर्पोरेट, सरकारी मशीनरी, बाहुबल, मिडिया र आफ्नै मान्छेहरुसमेत खनिएका थिए। त्यसमाथि पूरै देशमा सत्ताधारी दलले घृणाकाे बिष यस हदसम्म फैलाएकाे थियाे कि मान्छेहरु भलै रोटी नखाउन् तर उनलाई बर्बाद गर्नु थियाे जाे सँग अब तिनीहरू घृणा गरिरहेका थिए र याे घृणा केवल एक धर्म विशेषकाे विरुद्ध हैन बरु जातिहरुमा पनि र यहाँसम्म कि तिनीहरूसँग जाे अलिकति मतभेद राख्छन्, तिनका विरुद्ध पनि लक्षित थियाे। याद गर्नुहाेस्, अनुराग ठाकुरकाे नारा ‘देश के गद्दारों को, गोली मारो सालों को।’ याे पनि एकमात्र उदाहरण हाे विश्वमा जब एक देशकाे सरकार स्वयं आफ्नै देशमा अराजकता फैलाउने पूरै कोशिश गरिरहेकाे थियाे। अर्थात् पूरै संसार नै उनकाे विरुद्ध लागेकाे थियाे र जाे यी सबलाई परास्त गरेर खडा हुन्छन्, त्याे निस्सन्देह कुनै मामुली व्यक्ति हाेइन।

र मलाई गर्व छ आफ्नो देशकाे जनतामाथि पनि जो केही समय भ्रममा त रहन सक्छन् तर अन्ततः सही कदम उठाउछन्। तपाईंहरु सबैजनालाई लोकतन्त्रकाे याे जीतकाे बधाई, अँध्यारोकाे अन्त्यकाे बधाई, अहंकारकाे बर्बादीकाे बधाई र बधाई आउने उन्नत समयकाे।

राहुल गान्धीलाई बधाई। धन्यवाद राहुल गान्धी।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID