गढवा, २ असार। इलाका प्रहरी कार्यालय गढवाको आयोजनामा आइतबार गढवामा नागरिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ।
ईलाका प्रहरी कार्यालय गढवाका प्रहरी प्रमुख प्रहरी निरिक्षक कालिका कार्कीको अध्यक्षता तथा गढवा गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष विर बहादुर आले मगरको प्रमुख आतिथ्यमा नागरिक सुनुवाई कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा नेपाल प्रहरी, स्थानीय तहका जनप्रतिनिधि, सामाजिक संघ संस्था, विध्यालयका शिक्षक, पत्रकार र स्थानीयहरुको सहभागिता रहेको थियो।
कार्यक्रममा बोल्ने बक्ताहरुले प्रहरीले गरेका काम कर्तव्यको बारेमा आफ्ना राय सल्लाह सुझाव र कमीकमजोरीको बारेमा धारणा राखेका थिए। प्रहरी जनताको जनविश्वास जित्ने गरी कार्य गर्नु पर्ने धारणा राखेका थिए। साथै ईलाका प्रहरी कार्यालय गढवाले बाल विवाह, लागु औषध ओसारपसार तथा प्रयोग गर्नेहरुको विरुद्ध चालेका कदम र बिद्यालयहरुमा गरेका कार्यक्रमहरुको खुलेर प्रशंसा गरेका थिए।
साथै कार्यक्रममा बोल्ने केही बक्ताहरुले नदिजन्य उत्खनन् र चोरी तस्करीमा जनताले फोन गर्दा समेत समयमा पुग्न नसक्दा जनतामा प्रहरी प्रतिको बिस्वास गुम्दै गएकोले प्रहरीले जन भावना अनुसार कार्य गर्न अनुराेध गरेका थिए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा गढवा गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष विर बहादुर आले मगरले शान्ति सुरक्षा र अमनचैन गर्ने कार्य प्रहरी प्रशासनको भएकोले जनताबाट आएका तितिमिठा प्रतिक्रिया लाई आत्मसात गर्दै अघि बढे प्रहरी प्रशासन लाई कार्य सम्पादनमा सहजता हुने बताउनु भयो ।प्रहरीले गरेका राम्रा कामहरुको प्रशंसा गर्दै वडाध्यक्ष मगरले गुनासोहरु आउने गरी कार्यहरु गर्नुपर्ने बताउनुभयो।
त्यसैगरी कार्यक्रममा बोल्दै ईलाका प्रहरी कार्यालय गढवाका प्रमुख प्रहरी निरिक्षक कालिका कार्कीले प्रहरीले सक्दो प्रयास गरेको तर पनि सबै ठाउँमा भनेकै समयमा पुग्न नसकेको हुन सक्छ त्यसबारे राय सुझावको आधारमा थप शसक्तरुपले अघि बढ्ने बताउनुभयो। जनतालाई प्रहरीको आवश्यकता महसुस भए तत्काल फोन गरी जानकारी गराए २४सै घण्टा सेवा दिन प्रहरी तत्पर रहेको बताउनुभयो। जनताको जनधनको रक्षा आमनचयन र सुरक्षाका खातिर प्रहरी २४सै घण्टा अलर्ट अवस्थामा रहने गरेको बताउदै प्रहरी मेरो साथी भनेझै प्रहरी लाई गलत गतिविधि कार्य भनेको जानकारी पाउनसाथ गराउन सबैमा अनुरोध समेत गर्नु भयो। बालविवाह लागु औषध ओसारपसारको घटनाहरु गढवामा बढी मात्रामा हुने गरेको र त्यही अनुरूप आफुहरु निरन्तर दानरात लागि परेको बताउनुभयो।