गढवा भिटा परियोजनाद्वारा उद्यमी महिलाहरुलाई कम्पोष्ट मल उत्पादन सम्बन्धि तालिम दिँदै 

आलोक भावुक

गढवा, २ असार।गढवा गाउँपालिका हेफर प्रोजेक्ट नेपाल र ग्रामीण महिला उत्थान केन्द्र घोराही दाङको साझेदारीमा सञ्चालित गढवा कृषि तथा पशु विकासमा आधारित साना किसान तथा युवा उद्वमशिलता साझेदारी परियाेजना अन्तर्गत आर्थिक समृद्धीको लागि साझेदारी परियाेजना भिटा परियोजनाले विभिन्न वडामा गठित मुल तथा उपहार समुहहरुका सदस्यहरुलाई दुईदिने भर्मी कम्पोष्ट मल उत्पादन सम्बन्धि तालिम दिन थालेको छ।

महिला शसक्तिकरण र आत्मनिर्भर बनाउन गढवा गाउँपालिकाले हेफर प्रोजेक्ट नेपाल र ग्रामीण महिला उत्थान केन्द्र संग साझेदारी गरेर गढवा गाउँपालिकाको सबै भन्दा ठूलो परियोजना भिटा परियोजना सञ्चालनमा ल्याइएको छ। कृषि तथा पशु विकासमा आधारित रहेर साना किसान तथा युवा उद्वमशिलता साझेदारीमा बिभिन्न कार्यक्रमहरु अघि बढाएको गढवा गाउँपालिका भिटा परियोजनाका कार्यक्रम संयोजक बसन्त कुमार शर्माले जानकारी दिनुभयो।

दुईदिने कम्पोष्ट मल उत्पादन सम्बन्धि तालिममा बोल्दै गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले रासायनिक मल प्रयोग गरेर उत्पादन भएका खाद्यपदार्थ खानाले बिभिन्न किसिकमा रोगहरु निम्तिने बताउनुभयो। रासायनिक मलको बिकल्पमा गढवा गाउँपालिकाले कम्पोष्ट मल उत्पादनमा बढी जोड तालिमको आयोजना गरिएको बताउनु भयो। रासायनिक मलको अत्यधिक प्रयोगले क्यान्सर, डाईबिटिज, मृगौला जस्ता कैयन नसर्ने रोग बढने हुनाले जति सक्दो कम मात्रमा रासायनिक मल्ओ प्रयोग गर्नु पर्ने बताउनुभयो। कम्पोष्ट मलमा आत्मनिर्भर बन्न सके सबै रासायनिक मल बिस्थापित हुदै जाने बताउनु भयो। रसायनिक मलको प्रयोगले खेती योग्य उर्वर भुमी ह्रास आएको बताउदै सबैले माटोको उत्तम उपचार कम्पोष्ट मलको प्रयोग नै भएको बताउनुभयो।

तालिममा २० जना उद्यमी महिलाहरुको सहभागिता रहेको छ। तालिम उद्घाटन कार्यक्रमको सहजीकरण भिटा परियोजना कार्यक्रम संयोजक बसन्त कुमार शर्माले गर्नु भएको थियो ।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID