सर्पदंश उपचार केन्द्र गढवाबाट निशुल्क एण्टिरेविज भ्याक्सिन सेवा सुरु

आलोक भावुक

गढवा, २ असार। गाउँपालिकाको अथक प्रयास पछी आज देखी दाङ देउखुरी सर्पदंश उपचार केन्द्र गढवाबाट निशुल्क एण्टिरेविज भ्याक्सिन सेवा सुचारु भएको छ। यस भन्दा पहिले एण्टिरेविज भ्याक्सिन नहुँदा गाउ पालिकाबासीहरु चर्को मुल्यमा प्राइभेट स्वास्थ्य संस्थाहरुबाट एण्टिरेविज भ्याक्सिन लगाउदै आएका थिए। गाउँपालिकाले आवश्यकता महसुस गर्दै प्रति महिना २० भाईल एण्टिरेविज भ्याक्सिन मगाउने गरेको छ । आवश्यकता अनुसार थप गर्ने बारे पहल गरिने गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले बताउनुभयो ।

कुकुर, बाँदरलगायत जनावरले टोकेपछि एन्टी रेबिज भ्याक्सिन लगाउनु पर्छ तर भ्याक्सिन नहुँदा पालिकाबासीलाई निजी अस्पताल तथा क्लिनिकमा जान बाध्य थिए अब त्यो समस्याबाट छुटकारा मिलेको छ पालिका अध्यक्ष पोख्रेलले भन्नु भयो ।

निजी अस्पताल तथा क्लिनिकमा एक भाइलको ८०० हारहारी पर्छ । कुकुर लगायत अन्य जनवारले टोकेमा चारदेखि पाँच वटा खोप लगाउनुपर्छ । अर्थात् ३५०० रुपैयाँ भन्दा बढी रकम खोप लगाउन मात्रै खर्च लाग्छ । त्यसैले गढवा गाउँपालिकाले निःशुल्क दाङ देउखुरी सर्पदंश उपचार केन्द्रबाट एण्टिरेविज भ्याक्सिन निशुल्क गरेको जनाएको छ।

कुकुर तथा जनावरले मानिसलाई टोक्दा लाग्ने रेबिज रोगलाई खोपको माध्यमबाट रोकथाम गर्न सकिन्छ । सर्पदंश उपचार केन्द्र गढवाका प्रमुख देवीराम आचार्यका अनुसार अनुसार रेबिज संक्रमण भएको जनावरले मानिसलाई टोकेमा त्यस्ता जनावरको र्‍यालबाट रेबिज रोग सर्ने गर्छ । सुरुमा जनावरको र्‍यालमा रहेका भाइरस जनावरको टोकाइबाट घाउमा पुग्छ उक्त भाइरस छालामुनिको भित्री तन्तु र मांसपेशी हुँदै स्नायु, मेरुदण्ड र मस्तिष्कसम्म पुग्छ । मस्तिष्कमा संक्रमण भएपछि मात्रै विशेष लक्षण देखिने आचार्यले बताउनुभयो । घाँटीमाथि, औंला र शरीरको जुनसुकै भागमा ठूलो घाउ हुने गरी टोकेको अवस्थामा हप्ता वा महिनाभित्रै मानिसमा लक्षण देखिन सुरू गरिसक्छ ।सुरुवाती चरणमा टोकेको ठाउँ झम्झमाउने, हल्का ज्वरो आउने र ढाडको तल्लो भाग दुख्ने गर्छ । त्यसपछिको चरणमा र्याल काढ्ने, मुखबाट फिंज आउने, पानीदेखि तर्सिने, जथाभावी टोक्ने जस्ता लक्षण देखिन्छ ।केही मानिसले कुकुरले टोकेको कुरालाई वास्ता पनि गर्दैनन् । सुरुवाती लक्षण पनि थाहा पाउँदैनन्, एकैपटक मानिस पानी, हावादेखि डराउने गरेपछि मात्रै अस्पताल आउने गर्छन् । त्यसबेलासम्म ढिला भइसकेको हुन्छ सर्पदंश उपचार केन्द्र गढवाका प्रमुख आचार्यले भन्नु भयो।

मा प्रकाशित