गढवा, ३१ जेठ। वित्तीय कारोबार गर्ने संस्थाको मुख्य उद्देश्य भनेको जनतासँग निक्षेप संकलन गरी जनतालाई नै लगानी गर्नु हो । त्यसैले राज्यको लागि अन्य संस्था तथा कम्पनीको तुलनामा बैंक, लघुवित्त, सहकारी तथा वित्तीय कारोबार गर्ने संस्थाहरू बढी संवेदनशील हुने गर्दछन् ।तर पछिल्लो समयमा गढवा गाउँपालिकाभित्र क्रियाशील सहकारी संस्थाहरुले गरेको लगानी धेरै समय सम्म फिर्ता नआएपछी गढवामा क्रियाशीलहरु मध्ये २३ सहकारी संस्थाका अध्यक्षहरुले ऋण असुली सहज गरकन अन्तरक्रिया गरेका छन् ।
गढवा गाउँपालिका स्तरिय सहकारी सञ्जालको आयोजनामा बिइगढवामा सहकारी संस्थाका अध्यक्षहरु बिचको अन्तरक्रिया कार्यक्रममा ऋण असुली गर्ने बारे बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
अन्तरक्रिया कार्यक्रममा २३ वटा सहकारीका संस्थाका अध्यक्षहरुको सहभागिता रहेको थियो । कार्यक्रममा सबै सरकारी संस्थाका अध्यक्षहरुले ऋण असुल गर्न के कस्ता प्रकिया अपनाउन सकिन्छ भन्ने बारे आ आफ्नो धारणा राख्नु भएको गढवि गाउँपालिका स्तरिय सहकारी सञ्जालका अध्यक्ष बेगम बहादुर गहतराजले जानकारी दिनुभयो। सहकारी संस्थाहरुको समस्या, चुनौती र समाधान तथा समसामयिक विषयमा छलफल तथा अन्तरक्रिया कार्यक्रममा मुख्य बिषय बस्तु ऋण असुल गर्ने नै रह्यो अध्यक्ष गहतराजले भन्नु भयो ।
सहकारीलेहरुले लगानी गरेको तर पैसा माग्ना जाँदा दिन्नौ जे गर्न सक्छौ गर भन्ने जस्ता प्रश्नहरुले झन तनाव दिएको छ-एअ सहकारी संस्थाका अध्यक्षले भन्नु भयो। सहकारीका समस्या छरपष्ट हुनुमा मुख्य दुई आन्तरिक र बाह्य कारण छन्। वित्तीय कारोबार गर्ने सहकारी संकटमा जानुको मुख्य कारण नै नियमन र सुशासन कमजोर भएकोले हो त्यो गर्न आवश्यक छ आयाम बहुद्देश्यीय सहकारी संस्थाका अध्यक्ष ओम प्रकाश बसेलले बताउनुभयो। पछिल्लो समय गहिरिँदै गएको तरलता अभावले केही सहकारीको उठीबास नै लगाउने स्थिति बनेको छ, सहकारीमा समस्या उत्पन्न हुनुको प्रमुख कारण मनलाग्दी कर्जा परिचालन, मिटरब्याजी कारोबार .संस्थाको पैसामा सञ्चालकको एकलौटी मनमौजी, गैरजिम्मेवार लेखापरीक्षक र फितलो नियामक संयन्त्र हो अध्यक्ष बसेलले भन्नु भयो ।
अन्तरक्रिया कार्यक्रम पालिका स्तरीय सहकारी संञ्जालका अध्यक्ष बेगम बहादुर गहतराजको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रमको सहजिकरण आयाम बहुद्देश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष ओम प्रकाश बसेलले गर्नु भएको थियो ।