बाल विवाह न्युनिकरण गर्न सबैको साझा प्रयास जरुरी : उपाध्यक्ष चौधरी

आलोक भावुक

गढवा, २५ जेठ। बाल विवाह न्युनिकरण गर्न सबैको प्रयास आवश्यक रहेको गढवा गाउँपालिका उपाध्यक्ष शारदा कुमारी चौधरीले बताउनु भएको छ ।

गढवा गाउँपालिका महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाले आयोजना गरेको बालविवाह न्युनिकरणका लागि धामी, झाँक्री, कटकन्दार, अगहरिया र पुरोहितका लागि प्रशिक्षण कार्यक्रममा बोल्दै उपाध्यक्ष चौधरीले सो कुरा बताउनुभएको हो। बालविवाह न्युनिकरणका लागि वडागत रुपमा सचेतनामूलक कार्यक्रम गर्न आवश्यक रहेको बताउदै उपाध्यक्ष चौधरीले त्यसबारे पालिकाले योजना बनाई रहेको बताउनुभयो। बालविवाहका कारण हुने समस्याहरुको बारेमा सबै लाइ सचेत नबनाए सम्म बालविवाह रोक्न नसकिने बताउनुभयो। पहिलेको तुलनामा हाल धेरै काम बालविवाह हुने गरे तापनि शिक्षा, अज्ञान्ता, गरिवि र बेरोजगारी बालविवाहको प्रमुख कारण भएकोले बालविवाह रोक्न सचेतना, अनिवार्य शिक्षा, रोजगारी लगाएतको पक्षमा ठोस कार्यक्रम बनाउने तयारीमा गढवा गाउँपालिका रहेको स्पष्ट पार्नु भयो।

त्यसैगरी कार्यक्रम आफ्नो प्रस्तुति प्रस्तुत गर्दै प्रशिक्षक कमल गौतमले बालविवाह न्युनिकरणका लागि जनप्रतिनीधिहरुले ऐन, नीति, निर्देशिका र कार्यक्रमहरु ल्याउनुपर्ने बताउनु भयो। बालविवाहका कारण बर्सेनि ठुलो संख्यामा आत्महत्या, सम्बन्ध बिच्छेद जस्ता समस्या आइरहेको बताउनुभयो।

अधिकांश किशोर किशोरीको विवाहको निर्णय बुवाले लिने गरेको, बाल विवाहले पार्ने नकारात्मक असर र कानुनी दण्ड सजायको बारेमा जानकारी हुँदा हुँदै परम्परा, गरिबी, दाईजो लगायत कारणले छोरीको कमै उमेरमा विवाह गरिदिने गरेको पाईएको छ त्यसका लागि सरोकारवाला निकाय सजग र सावधान हुनु पर्ने बताउनुभयो। जनप्रतिनीधि नै बाल विवाह भईरहेको ठाउँमा भोज खान गईदिने चलन छ। समाजका शिक्षित बर्ग जनप्रतिनिधि, कटकन्दार, अघरिया पुरोहित सबैले बालविवाह न्युनिकरणका एकजुट नभए सम्म बालविवाह रोक्न नसकिने बताउनुभयो।

कार्यक्रम समाजका अग्रज व्यक्तिहरुको सहभागिता रहेको थियो। कार्यक्रमको कार्यक्रमको सञ्चालन गढवा गाउँपालिका महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाकी प्रमुख प्रेरणा चन्दले गर्नु भएको थियो ।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID