गढवामा २ दिने कोपोमिस संञ्चालन सम्बन्धी तालिम सुरु

आलोक भावुक

गढवा, २० जेठ। गढवा गाउँपालिका सहकारी शाखाको आयोजनामा आइतबार देखी गढवामा क्रियाशील सहकारी संस्थाका कर्मचारीहरुलाई कोपोमिस सञ्चालनका लागि दुईदिने तालिम सुरु भएको छ।

गढवा गाउँपालिका कार्यबाहक अध्यक्ष शारदा कुमारी चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै कार्यबाहक अध्यक्ष चौधरीले सहकारी संस्थालाई नितिगत रुपमा अघि बढाउन कोपोमिस तालिम महत्वपूर्ण रहेको बताउनुभयो। सहकारी संघ संस्थाहरुका कर्मचारीहरुका लागि कोपोमिस तालिम अत्यन्तै महत्वपूर्ण भएको बताउनुभयो।

सहकारी संघसंस्थाहरुको सूचना प्रणाली र नियमित तथ्यांक व्यवस्थापनका लागि कोपोमिस अनिवार्य आवश्यकता भएको बताउदै चौधरीले सहकारी क्षेत्रको गुणात्मक विकासका लागि विश्वासनीय अनलाइन प्रविधि भएको बताउनुभयो।

तालिमले सहकारीलाई कोपोमिसमा आफ्नो संस्थाको तथ्यांक प्रविष्टि गर्न सहज हुने र सहकारी विभागले जारी गरेको निर्देशनको पालनामा मद्दत पुग्ने चौधरीले बताउनुभयो।

तालिमको उद्घाटन कार्यक्रममा बोल्दै गढवा गाउँपालिका सहकारी शाखा प्रमुख अशाेक कुमार यादवले तालिममा सिकेको ज्ञान संस्थामा गएर कोपोमिस अद्यावधिक गर्न उतार्नुपर्नेमा जोड दिदैं कोपोमिस सहकारीहरुमा सुशासन, वित्तीय सक्षमता र गुणस्तरीयता वृद्धि गर्न प्रभावकारी हुने बताउनु भयो । कोपोमिस अद्यावधिक गर्दा संस्था, अभियान र सरकारलाई पनि सहयोग पुग्ने बताउदै प्राथमिकताका साथ लागू गर्न आवश्यक रहेको बताउनुभयो ।

तालिमको प्रशिक्षकमा रोजगार शाखाका सहायक सत्यपाल यादवले ऐनमा उल्लेख भए बमोजिम सहकारीले कोष विभाजन गर्नुपर्ने, नीति विधि र प्रविधिमा सञ्चालन हुनुपर्ने, कोपोमिसमा आवद्ध भई समष्टिगत विवरण भर्नुपर्ने लगायतका विषयहरुमा जानकारी गराउँदै कोपोमिसमा समष्टिगत विवरण भर्ने बारे जानकारी जानकारी दिनुभयो। तालिममा सहकारी संस्थाको तथ्यांक तथा विवरणहरू वार्षिक रूपमा एक पटक अनिवार्य रूपमा प्रविष्ट गर्नुपर्ने,कोपोमिस प्रणालीमा व्यवस्था गरिएको नयाँ समष्टिगत विवरण सिकाइ संघसंस्थाको आधिकारिक तथ्यांक प्रविष्ट गर्न सिकाउने बताउनुभयो ।

तालिममा गढवामा क्रियाशील ४६ सहकारी मध्ये ३० वटा सहकारीहरुले तालिममा सहभागी जनाएका छन्।तालिमको उद्घाटन कार्यक्रममा सहकारी शाखाका नदिम मनिहार, गढवा गाउँपालिका प्रेस संयोजक आलोक भावुक लगायतकाको सहभागिता रहेको थियो भने कार्यक्रमको सहजिकरण रोजगार शाखाका सहायक सत्यपाल यादवले गर्नु भएको थियो ।

मा प्रकाशित