जेष्ठ १९ गते । नेपाली काङ्ग्रेस क्षेत्रिय सभापति भेषराज पाण्डेयले चुनावमा गरिएका प्रतिवद्वता अनुसार काम गर्न जनप्रतिनिधिलाई निर्देशन दिनु भएको छ ।
स्थानियतहका जनप्रतिनिधिसंग जनता कार्यक्रम अन्तर्गत कार्यक्रमलाई सम्वाेधन गर्दै जनताका प्रत्येक्ष रुपमा सराेकार राख्ने सवाललाइ ध्यानमा राखेर काम गर्ने निर्देशन दिनु भएको हाे ।
दाङकाे राजपुर गाउँपालिकाका काङ्ग्रेसका जनप्रतिनिधि र स्थानियवासि प्रत्येक्ष गुनासाे र छलफल कार्यक्रममा शनिवार राजपुर दुलैयामा सम्पन्न भएको छ ।
कार्यक्रममा राजपुर गाउँपालिका अध्यक्ष शरद वुढाथाेकि, वडानं ४ का अध्यक्ष रामछाेर यादव ,२ नं वडाअध्यक्ष ओमप्रकाश यादव राजपुर गाउँपालिकामा चुनावमा प्रतिवद्वता अनुसार शिक्षा , स्वास्थ्य निशुल्क उपलब्ध गराई वताउनु भयाे ।
राजपुर गाउँपालिका अध्यक्ष शरद वुढाथाेकिले राजपुर गाउपालिका वासिले स्थानिय सरकारकाे आभाष हुने गरि काम गरेकाे वताउनु भयाे ।
अध्यक्ष वुढाथाेकिले भन्नू भयाे प्रत्येक वडामा कृष तथा पशु प्राविधिक खटाएर वडामै सेवा पुर्यका छाै ।
राजपुरपालिकाले काम गर्छु सिपसिक्छु भन्ने युवाकाे लागि वजेट विनियोजित गरे पनि कुनै युवा नआउनु दुखद भएको वताउनु भयाे ।
युवाहरुका लागि सिपमुलक तालिमकाे ब्यवस्था गरि राजपुर गाउपालिकामा नै स्वराेजगार वन्न प्रेरित गरेकाे वताउनु भयाे ।
कार्यक्रममा नेपाली काङ्ग्रेस महासमिति सदस्य जानकि लाल वस्नेतले काङ्ग्रेसले स्थानिय सरकारले जनताका सवालमा केन्द्रीत भएर काम गर्नु पर्ने वताउनु भयाे ।
काङ्ग्रेस जनताकाे पाटि हाे जनताले प्रत्यक्ष लाभहुने काम गरि जनतालाई शिर उप काम गर्नु पर्ने वताउनु भयाे ।