रचिता दाहाल
पलपल मरेको
यो जिन्दगी खै के जिन्दगी !
भित्ताका मौन तस्बिरहरुले भन्छन्
घरका कोठा कोठामा
मरेर पनि मजस्तै ससम्मान झुण्डिने काम गर्नु
यात्रीहरुले छोडेर गएका चौतारी जस्तो
शित्तल हावालाई जस्तो सम्झिने काम गर्नु
झ्याल ढोकामा झुन्डिएका पर्दाले
म त सधै झुन्डिएर पनि
म मेरो दायित्व पूरा गरेको छु भन्छ
ए जिन्दगी !
तँ मानिस भएर पनि
किन मानिसजस्तो बाँच्दैनस्
सफल बनाउने आफ्नै सपनाहरुको गला निमोठेर
भन् तँ कति बाँच्न सक्छन् ?
के बाटो बिर्सेर गन्तव्य भेटिन्छ ?
मा प्रकाशित