गढवाको वडा नं. ३ र ४ मा न्यायिक घुम्ती इजालास कार्यक्रम सम्पन्न 

आलोक भावुक

गढवा, १८ जेठ। गढवा गाउँपालिका न्यायिक समितिको आयोजनामा आज शुक्रबार गढवा गाउँपालिका वडा नम्बर ३ न्यायिक घुम्ती इजालास कार्यक्रम सम्पन्न भएको छ।

३ नम्बर वडाका वडाध्यक्ष तुल्सीराम अधिकारीको अध्यक्षता तथा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले समस्या परेपछी न्यायिक निरुपण कसरी गर्ने, प्रकृया के हुन्छ, अपराध कुन प्रकारको हो, कति प्रकारका हुन्छन् कुन प्रकारको मुद्दामा न्यायका वागि काहा जाने भन्ने कुरा गाउघरमा धेरै लाई थाहा नहुँदा जनताहरु अनावश्यक दुख पाउने गरेकोले गढवा गाउँपालिका न्यायिक समितिले जनतालाई स्पष्ट पार्नका लागि समाजका अग्रज व्यक्तित्वहरुलाई जानकारी गराउनका लागि न्यायिक घुम्ती इजालास कार्यक्रम सुरु गरेको बताउनु भयो । जनतालाई कानुनी प्रक्रियाको बारेमा जानकारी नहुँदा अनाहकमा समय र पैसा खर्च हुने गरेको बताउदै अपराधको पहिचान र न्युनिकरणका लागि घुम्ती इजालास कार्यक्रम महत्वपूर्ण कार्यक्रम रहेको बताउनुभयो।

त्यसैगरी ४ नम्बर वडामा भएको न्यायिक घुम्ती इजालास कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा गढवा गाउँपालिका उपाध्यक्ष शारदा कुमारी चौधरीले कानुनको बारेमा गाउँपालिकाबासीलाई जानकारी गराउने उद्देश्यले कार्यक्रम गर्न लागेको बताउनुभयो। सबै नागरिकलाई कानुनको बारेमा जानकारी हुनुपर्ने बताउनुभयो।

त्यसैगरी कार्यक्रममा बोल्दै ३ नम्बर वडाध्यक्ष तुल्सीराम अधिकारीले न्यायिक घुम्ती इजालास कार्यक्रम समय समयमा गरे कुन प्रकृतिको मुद्दा काहा जाने बारे जनता स्पष्ट हुने बताउनु भयो। वडाबासीहरु कुन प्रकारको मुद्दा वडा, न्यायिक समितिले हेर्न मिल्छ भन्ने कुरा जानकारी पाए काम गर्न सहज हुने बताउनु भयो । कानुनको बारेमा जानकारी नहुँदा हेर्न नमिल्ने मुद्दा समेत वडाबाटै मिलाउनु पर्ने वडाबासीको सोचमात्र सुधार आउने र कार्य सम्पादनमा सहजता हुने बताउनु भयो।

वडा नम्बर ४ मा वडाध्यक्ष हरिभगत चौधरीको अध्यक्षता तथा गढवा गाउँपालिका उपाध्यक्ष शारदा कुमारी चौधरीको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो।

न्यायिक घुम्ती इजालास कार्यक्रममा उच्च अदालत तुल्सिपुर दाङका शाखा अधिकृत राजेन्द्र कुमार शर्मा, गढवा गाउँपालिका कानुनी सल्लाहकार लुम बहादुर कार्कीले कानुनको बारेमा प्रशिक्षण दिनु भएको थियोे।

कार्यक्रममा ३ नम्बर वडा सदस्यहरु बिमल कुमार चौधरी, आशा राम चौधरी, चन्द्रा केसी, न्यायिक समितिका उजुरी प्रशासक सुरेश पौडेल लगायतको सहभागिता रहेको थियो।

कार्यक्रमको सहजीकरण गढवा गाउँपालिका प्रेस संयोजक आलोक भावुकले गर्नु भएको थियो ।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID