अत्यधिक गर्मी बढेसंगै गढवा गाउँपालिकाले दियो विद्यालय बन्द गर्ने आदेश

आलोक भावुक

दाङ,१७ जेठ । विगत केही दिनयता अत्यधिक गर्मी बढेपछि दाङ देउखुरीको गढवा गाउँपालिकाले तिन दिन विद्यालय बन्द गर्ने भएको छ।

जेठ १७ गते बिहिवार गाँउपालिकाले एक सूचना जारी गर्दै केहिदिनदेखि निरन्तर बढेकाे तापक्रमका कारण बालबालिकामा स्वास्थ समस्या देखिन थालेपछि पालिकामा रहेका सम्पूर्ण विद्यालयहरू तीन दिनका लागि बन्द गर्ने निर्णय भएकाे उल्लेख गरिएकाे छ ।

गाँउपालिकाकाे जेठ १७ गतेकाे निर्णय अनुसार भाेलि जेठ १८ गतेदेखि २० गतेसम्म सम्म वर्षे विदामा मिलान गर्नेगरि विद्यालय बन्द गर्ने निर्णय गरिएको प्रमुख प्रशासकीय अधिकृत अम्मरराज शर्माले जानकारी दिनुभयाे।

प्रमुख प्रशासकीय अधिकृत शर्माका अनुसार जेठ २१ गतेदेखि पठनपाठन संचालन गरिने छ ।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID