गौमुत्र प्रशोधन तथा गोबरबाट धुप निर्माणका लागि गढवामा अभिमुखिकरण कार्यक्रम सम्पन्न

आलोक भावुक

गढवा, १३ जेठ। गौमुत्र प्रशोधन तथा गोबरबाट धुप निर्माणका लागि गढवामा एकदिने अभिमुखिकरण कार्यक्रम आज आइतबार सम्पन्न भएको छ।

सिप सिकौ स्व रोजगार बनौ भन्ने मूल नाराका साथ गढवा गाउँपालिका महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाको आयोजनामा एकदिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रममा बोल्दै गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले गढवा गौशाला तथा स्थानीय प्रजातीका गाई संरक्षण केन्द्र गढवाबाट निस्केको गाईका मलमुत्रलाई प्रशोधन गरेर धुप निर्माणको कार्यक्रम अघि बढाउनको लागि अभिमुखिकरण कार्यक्रमको आयोजना गरेको जानकारी दिनुभयो।

गौशाला बाट निस्केको गौमुत्र र गोबर हाल मलखादमा मात्र प्रयोग भएको छ हामी त्यसलाई प्रशोधन गरेर

गौमुत्र बाट विभिन्न रोगहरुको निधानका लागि औषधी रुपमा प्रयोगमा ल्याउछौ भने गोबरबाट धुप बनाउने कार्यक्रम अघि बढाउन तयारी गरिरहेको पालिका अध्यक्ष पोख्रेलले जानकारी दिनुभयो। गौमुत्र प्रशोधन गरेर महत्वपूर्ण औषधी जस्तै पेट सम्वन्धी ग्याष्टीक, अल्सर, रुघाँखोकी, बाथ लगायत रोगको उपचारका लागि प्रशोधीत गौमुत्र उपयोगी हुने बताउदै अध्यक्ष पोख्रेलले त्यसकोलागि गढवा गौशाला तथा स्थानीय प्रजातीका गाई संरक्षण केन्द्र गढवाका व्यवस्थापन समिति, पालिकाका युवा पुस्तालाई समेटेर ठुलो कार्यक्रमबारे छलफल गरिरहेको बताउनुभयो।

अभिमुखिकरण कार्यक्रममा गौ बिज्ञान कुटीर उद्योग नेपालगंजका प्रशिक्षक ओमकार सहयोगीले सहजिकरण गर्नु भएकाे थीयो । सहभागीहरुलाई गौमुत्र तथा गोबरको बारेमा जानकारी दिदै ओमकार सहयोगीले प्रशोधीत गौमुत्र संगै आयूर्वेद डाक्टरहरुको सल्लाह अनुसार विभिन्न जडीवुटी पनि मिसाएर अत्याधुनीक उपकरणमा आगोको तापबाट बाष्पीकरण गरि औषधिका लागि गौमुत्र तयार गरेर औषधीको रुपमा प्रयोग गर्न सकिने बताउनुभयो। प्रशोधीत गौमुत्रमा हर्रो, वर्रो, चिराइतो, अमला लगाएत जडीवुटीहरु गौमुत्रमा मिसावट गरेर दैनिक जिवनमा प्रयैग हुने महत्वपूर्ण औषधी निर्माण गर्न सकिने बताउनुभयो। प्रशोधीत गौमुत्रको सेवनबाट ग्यास्टिकको समस्या भएका व्यक्तिलाई फाइदा पुग्ने बताउनुभयो। गौमुत्रमा छारिएपन हुन्छ-यसको प्रयोगले अम्लियपनबाट हुने ग्यास्टिकको समस्या निको हुन्छ सहयोगीले भन्नु भयो।

अभिमुखिकरण कार्यक्रममा गढवा गाउँपालिका उपाध्यक्ष शारदा कुमारी चौधरी, शिक्षा बिज्ञ तथा चेतना विकास फाउण्डेशनका अध्यक्ष कमल सिलवाल लगायतको सहभागिता रहेको थियो।

कार्यक्रमको सहजीकरण गढवा गाउँपालिका महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाकी प्रेरणा चन्दले गर्नु भएको थियो ।

मा प्रकाशित