सिपी नेपालीद्वारा गढवाका विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण

गणतन्त्रनेपाल समाचारदाता

गढवा, ९ जेठ। क्रियटिङ पोसिबिलिटिज (सिपी) नेपालले गढवा गाउँपालिकामा रहेका गरिब, विपन्न तथा दलित विद्यार्थीहरुलाई बुधबार शैक्षिक सामग्री वितरण गरेको छ ।

गढवा गाउँपालिकाको विभिन्न विद्यालयमा अध्ययनरत गरिब, विपन्न तथा दलित विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेको संस्थाकी विद्यार्थी सशक्तिकरण संयोजक दीपा चौधरीले जानकारी दिनुभयो ।

कापी, कलम, क्यालकुलेटर, ज्यामिति बक्स, स्कुल पोशाक, झोला, चप्पल लगायतका शैक्षिक सामग्री वितरण गरेको संस्थाले ‘विपन्न विद्यार्थी छात्रवृत्ति’ सहयोग र महिला सशक्तिकरण कार्यक्रम अन्तर्गत संस्थाबाट नियमित सहयोग पाईरहेका बिद्यार्थीहरुलाई उनीहरुलाई अध्ययन कार्यमा सहयोग गरी पढाइप्रति थप आकर्षित गराउने उद्देश्यले उक्त सामग्री वितरण गरिएको संयोजक चौधरीले जानकारी दिनुभयो ।

विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण कार्यक्रममा बोल्दै गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले अभिभावक शिक्षालाई जोड दिदै कार्यक्रम बनाउन सुझाब दिनुभएको थियो । सिपि नेपालले शैक्षिक क्षेत्र लगायत अन्य क्षेत्रमा गरेको सहयोग उदाहरणीय रहेको बताउनुभयो । शिक्षामा गुणस्तर सुधारका लागि सबैको साथ सहयोग आवश्यक रहेको बताउनुभयो।

सामग्री वितरण कार्यक्रममा गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण शर्मा पोख्रेल, वडा नम्बर ५ का वडाअध्यक्ष लेख बहादुर थापा, प्रमुख प्रशासकिय अधिकृत अमरराज शर्मा र शिक्षा तथा खेलकुद शाखाका प्रमुख श्याम बि.क.को उपस्थिती रहेको थियो ।

क्रियटिङ पोसिबिलिटिज नेपालले गढवा गाउँपालिकाका बिभिन्न बिद्यालयहरुमा अध्ययनरत ३ सय ३२ जना बिद्यार्थीहरुले नियमित सहयोग गरिरहेको छ।

साथै सोहि अवसरमा संस्थाले आर्थिक वर्ष २०८१/८२ मा संचालन हुने कार्यक्रमहरु र बजेटको बारेमा समेत जानकारी गराएको छ । संस्थाका कार्यक्रम अधिकृत हेमराज शर्माले आर्थिक वर्ष २०८१/८२ को २ करोड, १० लाख, ४ हजार ४ सय ७१ रुपैया बराबरको बजेट र कार्यक्रमहरुको बारेमा जानकारी गराउनु भएको थियो भने कार्यक्रमको सहजिकरण संस्थाकी महिला सशीक्रकरण संयोजक सरिता चौधरीले गर्नु भएको थियो ।

मा प्रकाशित