दाङको राजपुर गाउँपालिकाका वडाअध्यक्ष माथी साधुद्वारा त्रिशूल प्रहार

गणतन्त्रनेपाल समाचारदाता

दाङ, ८ जेठ। दाङ देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष टंक बहादुर विष्ट माथि मंगलबार एक साधुले त्रिशूल प्रहार गरेका छन् ।

राजपुर-६ खयर भट्टी निवासी २० वर्षीय साधु विजय नेपालीले वडा कार्यालयमा पुगेर वडा अध्यक्ष विष्टलाई त्रिशूल प्रहार गरेका हुन् । प्रहरीका अनुसार साधु नेपाली ५ नम्बर वडाको कोरिया गाउँको जंगलमा रहेको बाबाकुटीमा केहि महिना यता बस्दै आएको र उक्त स्थानमा भण्डारा लगाउने भन्ने विषयमा विवाद भएपछि वडा अध्यक्ष विष्ट माथि त्रिशूल प्रहार गरेको इलाका प्रहरी कार्यालय गढवा प्रहरी निरीक्षक कालिका कार्कीले जानकारी दिनुभयो ।

वडाअध्यक्ष विष्टको लमही अस्पतालमा उपचार भैरहेको र स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीको भनाई छ। यस्तै त्रिशूल प्रहार गर्ने साधु नेपालीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भैरहेको ईलाका प्रहरी कार्यालय गढवाका प्रहरी प्रहरी निरीक्षक कालिका कार्कीले जनकारी दिनु भयो ।

मा प्रकाशित