गढवाको ६ नं. वडामा घुम्ती न्यायिक इजालास कार्यक्रम सम्पन्न 

आलोक भावुक

गढवा, ४ जेठ । गढवा गाउँपालिकाको न्यायिक समितिको आयोजनामा शुक्रबार गढवा गाउँपालिका वडा नम्बर ६ गढवामा घुम्ती न्यायिक इजालास कार्यक्रम सम्पन्न भएको छ।

गढवा गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष विर बहादुर आले मगरको अध्यक्षता तथा गढवा गाउँपालिका उपाध्यक्ष तथा न्यायिक समिति संयोजक शारदा कुमारी चौधरीको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो।

न्यायिक समितिले आठ वटै वडामा घुम्ती न्यायिक इजालास कार्यक्रम सुरु गरेको न्यायिक समिति संयोजक शारदा कुमारी चौधरीले जानकारी दिनुभयो। स्थानीय तहमा न्यायिक समिति मार्फत न्याय सम्पादनमा आइपरेका समस्याका बारेमा छलफल गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको उपाध्यक्ष चौधरीले जानकारी दिनुभयो। गढवा गाउँपालिका न्यायिक समितिले न्यायिक समिति मार्फत जनतालाई न्याय दिने गरेको बताउनु भयो।

कार्यक्रममा न्यायिक समिति सदस्य रेखा थापा, उजुरी प्रशासक सुरेश पौडेल, सामुदायिक मेलमिलापकर्ताहरु, वडाका अघरिया, कटकन्दार, प्रधान गाउका मुख्य व्यक्तिहरुको सहभागिता रहेको थियो ।

कार्यक्रमको न्यायिक सम्बन्धी गढवा गाउँपालिका कानुनी सल्लाहकार लुम बहादुर कार्कीको प्रस्तुतीकरण रहेको थियो। कानुनी सल्लाहकार कार्कीले कानुनको परिचय, परिभाषा, महत्त्व र न्यायिक समितिले हेर्न मिल्ने मुद्दाको वारेमा छलफल तथा सहभागीहरुले राखेका जिज्ञाशाहरुको सहजिकरण गर्नु भएकाे थियाे ।

न्यायिक इजालास कार्यक्रममा सहभागीहरुको तर्फबाट महेश कुमार अधिकारी र उर्मिला यादवले मन्तव्य राख्नु भएको थियो।

न्यायिक समिति सदस्य रेखा थापाको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सहजिकरण गढवा गाउँपालिका प्रेस संयोजक आलोक भावुकले गर्नु भएको थियो।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID