विपद् पुर्वतयारीका लागि दक्ष जनशक्ति तयार गर्दै गढवा गाउँपालिका

गणतन्त्रनेपाल समाचारदाता

गढवा, ३१ वैशाख। गढवा गाउँपालिकाको आयोजनामा गढवा गाउँपालिका स्तरिय प्रतिकार्य समुह सदस्यहरुको क्षमता विकासका लागि ६ दिने समुदायमा आधारित आपतकालिन प्रतिकार्य समुह तालिम आइतबार देखि गढवा गाउँपालिकाको सभाहलमा शुरु भएको छ ।

गढवा गाउँपालिका आध्यक्ष यमनारायण शर्मा पोख्रेलको अध्यक्षतामा औपचारिक रुपमा समुद्घाटन भएको सो तालिममा गढवा गाउँपालिका भित्रका प्रत्येक वडाबाट २ जनाको सहभागिता हुने गरि वडा नं. १ देखि ८ बाट १६ जना, १० जना नगर प्रहरी र ४ जना विभिन्न संघ संस्थाका प्रतिनिधिहरु गरि ३० जनाको सहभागिता रहेको छ ।

सो समुद्घाटन सत्रमा विशिष्ठ अतिथि गाउँपालिकाको उपाध्यक्ष शारदा कुमारी चौधरी, प्रमुख प्रशासकिय अधिकृत अम्मरराज शर्मा, वडा अध्यक्षहरु, विभिन्न विषयगत शाखाका प्रमुख एवं प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

तालिमको सहभागिहरुलाई आधारभुत खोज तथा उद्धार, प्राथमिक उपचार तथा आपतकालिन स्वास्थ्य लगायतका विषयमा ज्ञान तथा सिप प्रदान गर्ने र प्रत्येक सहभागिहरुलाई व्यक्तिगत सुरक्षाको सामाग्रीहरु, प्राथमिक उपचारका सामाग्रीहरु लगायत खोज तथा उद्धार कार्यमा परिचालन हुन सहयोग पुग्ने सामाग्रीहरु प्राथमिक उपचार सामाग्री सेट, ब्याग प्याक, हेलमेट, डोरी, भिजीबिलीटी टि सर्ट, पञ्जा, म्याट,लगायतका सामाग्रीहरु वितरण गरिएको छ ।

सो कार्यक्रमको उद्घाटन सत्रमा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेल, उपाध्यक्ष शारदा कुमारी चौधरी, प्रमुख प्रशासकीय अधिकृत अमरराज शर्मा, विपद व्यवस्थापन शाखा प्रमुख शेषमणि पौडेल, ईलाका प्रहरी कार्यालय गढवाका प्रमुख नविन वलीबाट गाउँपालिकाको विपदको वर्तमान अवस्था र आगामी योजनाहरु, क्षमता विकासका कार्यक्रमहरु लगायतका विभिन्न पुर्वतयारीका गतिविधिहरुका बारेमा जानकारी, विपद पुर्व तयारीका लागि समुदाय, सुरक्षा निकाय तथा स्थानिय विपद व्यवस्थापन समितिको सकृयता सहित तालिम सफलताको शुभकामना प्रदान गर्नु भएको थियो ।

तालिमका संयोजक शंकर पाण्डेयले तालिमको उद्धेश्य एवं प्रतिकार्य टोलीका जिम्मेवारी लगायत दक्ष जनशक्ति तयार गर्ने कार्यले आगामी दिनमा विपद् जोखिम न्यूनीकरणमा सहयोग पुग्ने लक्ष्य राखि कार्यक्रमको आयोजना गरिएको जानकारी दिनु भएको थियो ।

तालिममा सैद्धान्तिक तथा प्रयोगात्मक अभ्यास एवं अन्तिम दिन आगलागि सम्बन्धि कृतिम घटना अभ्यास गरि सहभागिहरुलाई अझ व्यवहारिक ज्ञान दिईने जानकारी तालिम संचालनका लागि प्राविधिक सहयोग गर्ने निकाय डेभलपमेन्ट कन्सल्टेन्सी एण्ड रिसर्च सेन्टरका प्रबन्ध निर्देशक देवी प्याकुरेलले जानकारी दिनु भएको छ ।

सो तालिमको सहजीकरण शंकर पाण्डेय, देवी प्याकुरेल, करुणानिधि भट्टराई, लक्ष्मण निरौला लगायतको विज्ञ समुहले गर्नेछ । आजको समुद्घाटन सत्र कार्यक्रम देवी प्याकुरेलले संचालन गर्नु भएको थियो ।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID