
गढवा, २८ बैशाख । दाङ देउखुरीको गढवा गाउँपालिकाले राजपुर गाउँपालिका वडा नम्बर ७ हाटबासका आगलागी पिडित परिवारलाई बिहीबार राहत सामाग्री प्रदान गरेको छ।
गाउँपालिकाले एक लाख बराबरको जस्तापाता र करिब ३० हजार बराबरको तरकारी राजपुर गाउँपालिकाकी उपाध्यक्ष धनपती यादव र वडा नम्बर ७ का वडा अध्यक्ष पुष्कर ओलीको रोहबरमा पिडित परिवारका लागि प्रदान गरेको हो।
विहिबार राहात सामाग्री लिएर गाउँपालिकाका अध्यक्ष यमनारायण शर्मा पोख्रेल सहितको टोली हाटबास गाउँ पुगेका थियो ।
त्यसैगरी बिहिवार राप्ती गाउँपालिकाले पनि १ लाख बराबरको जस्तापाता र तीन हजार बराबरको तरकारी राहत स्वरूप प्रदान गरिएको छ । राहात सामाग्री लिएर गाउँपालिकाका अध्यक्ष प्रकाश विष्ट, प्रमुख प्रशासकीय अधिकृत नेब बहादुर ओली, पालिकाका प्रवक्ता तथा वडा नम्बर २ का वडा अध्यक्ष पहलवान चौधरी, वडा नम्बर ८ का वडा अध्यक्ष चन्द्रबहादुर गुरुङ, कार्यपालिका सदस्य रण बहादुर पुजाली लगायत पालिकाका कर्मचारीहरु हाडबास गाउँ पुग्नु भएको थियो ।
गत बैशाख १६ गते जंगलबाट सल्किएको आगो हाटबास गाउँको २३ घर जलेर खरानी बनाएको थियो।
