कथाकार ‘जिज्ञासु’काे कचहरी कथासंग्रहकाे विमर्श कार्यक्रम सम्पन्न 

गणतन्त्रनेपाल समाचारदाता

गढवा, २२ बैशाख  ।कथाकार कल्पना पाैडेल ‘जिज्ञासु’ज्युकाे ‘कचहरी’ कथासंग्रह विमर्श कार्यक्रम देउखुरी गजल अभियानको आयाेजनामा लमहीमा सम्पन्न भयाे ।

अभियानका अध्यक्ष गुरुप्रसाद कुमाल ‘बुलबुल’काे अध्यक्षता सुरु भएको कार्यक्रममा बाेल्दै लुम्बिनी वाङ्मय प्रतिष्ठान, दाङका अध्यक्ष नीमबहादुर थापाले कल्पना पाैडेल ‘जिज्ञासु’ कचहरी कथासंग्रह मार्फत सशक्त नारीवादी हस्ताक्षरका रुपमा उदाएको बताउनु भयो । कथा संग्रहमा नारी पात्रलाई एकदमै शक्तिशाली पात्रका रुपमा चित्रण गरिएको अर्का वक्ता राधा गाैतमले बताउनुभयाे ।

अहिले नेपालमा भाषा, संस्कृतिलाई खतम पार्ने काम भइरहेकोले साहित्यकारहरुले देश र समाजकाे हितलाई छलफल तथा लेखनकाे विषय बनाउनुपर्ने कार्यक्रमका प्रमुख अतिथि एवं संविधानसभा सदस्य रश्मीराज नेपालीले बताउनुभयो ।

साहित्यकारहरु यम रेग्मी, दीपक समीर, सुरेशकुमार पाण्डे, प्रबल विष्ट, अभि क्षेत्री समर्पण, ऋषिराम सापकोटा, रेशम बिसि, सन्जना शर्मा, नारायण याेगी, जागेश्वर घिमिरे, बेदुलाल सुवेदी, शशिधर ज्ञवाली, गिरिराज खनाल, बालमुकुन्द शर्मा आचार्य, याेगमायाँ शाही, दीपा केसी, कर्म पुन, सुन्दर प्रसाद चाैधरी, तिलादेवी शाह, लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । गीतकार तथा गजलकार गाेविन्द रसाइलीकाे स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमकाे सञ्चालन अभियानका सदस्य केशव दीपक शर्माले गर्नुभएको थियो ।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID