गढवा उद्याेग बाणिज्य संघ गढवा दाङले, दाङकाे राजपुर गाउँपालिका वडा नं. ७ हाडबासमा बैशाष १६ गते भएकाे अागलागि पिडितहरूका लागि राहत उपलब्ध गराएकाे छ ।
संघका अध्यक्ष ओमप्रकाश बसेलकाे नेतृत्वमा आगलागी क्षेत्रमै पुगी नगद राहत बितरण गरेकाे संघले जनाएकाे छ ।
अागलागिकाे घटना सुने लगतै, स्थानिय संघ संस्था सँग समन्वय गरिरहेकाे, राहतकाे लागि पहल भैरहेकाे जानकारी दिदै संघका अध्यक्ष बसेलले राजपुर गाउँपालिका वडा नं. ७ का वडा अध्यक्ष पुष्कर वलिलाइ राहत बापत नगद २११००/- प्रदान गरिएकाे जानकारी दिनुभयाे । याे विपतकाे बेलामा सबैले जति सकिन्छ त्यति सहयाेग गर्नुपर्ने बताउदै अध्यक्ष बसेलले स्थानिय सरकार नहुदा उद्योग बाणिज्य संघले नेतृत्व गरि यस्ता कार्यहरू गर्दै अाएकाे स्मरण गर्नु भयाे । जतिबेला स्थानिय सरकारकाे संरचना थियन त्याे बेला हामी अग्रपंक्तिमा रहेर काम गर्थ्याे, अहिले स्थानिय सरकार सँग समन्वय गरिरहेका छाैं, उहाँले भन्नुभयाे ।
स्थानिय सरकारले श्रमदान बाट घरहरू बनाउने निणर्य गरेमा गढवा उद्योग बाणिज्य संघ श्रमदान गर्न समेत तयार रहेकाे अध्यक्ष बसेलले जानकारी दिनुभयाे ।
कार्यक्रम संघका संस्थापक अध्यक्ष युवराज पाेख्रेलले हरेक संघसंस्था सँग गढवा उद्योग बाणिज्य संघले राहतका लागि पहल गरेकाे बताउदै बिपदमा हामी सबै एकै ठाउँमा हुनुपर्ने बताउनु भयाे ।
बैशाष १६ गते गाउँनै सखाप हुने गरि लागेकाे अागाे बाट २३ घर पुर्ण रूपमा जलेका छन् भने केही घरमा अांशिक प्रभाव परेकाे छ । यता विभिन्न संघसंस्थाहरूले राहत प्रदान गरिरहेका छन् । बासकाे प्रमुख समस्या छ, अब बर्षायाम शुरू हुने बेला भैसकेकाे स्थानिय बताउछन् । स्थानिय सरकार, प्रदेश सरकार र संघिय सरकार तथा स्थानिय संघसंस्थाहरूले आवासलाई प्राथमिकतामा राखि काम गरिदिन स्थानियहरूले अनुराेध गरेकन छन् ।
राहत बितरण कार्यक्रममा जनप्रतिनिधि दिनामणि अाचार्य, उद्याेग बाणिज्य संघका बरिस्ठ उपाध्यक्ष मधा न्याैपाने, काेषाध्यक्ष दुखहरण यादब, सदस्य कमल खड्का, पत्रकार अन्जना चाैधरी, उमा भण्डारी, सपना पाैडेल लगायतकाे सहभागिता रहेकाे थियाे ।
जति सक्याे छिटाे बस्ने बासकाे ब्यबस्थापन गरिने बताउदै वडा अध्यक्ष पुष्कर वलिले राहत प्रदान गर्ने संघसंस्था हरूप्रति धन्यवाद ज्ञापन गर्नु भएकाे थियाे ।