गढवा होटल ब्यवसायी संघद्वारा राजपुरका आगलागी पीडितलाई आर्थिक सहयोग

आलोक भावुक

गढवा, १९ बैशाख । राजपुर गाउँपालिका-७ हाडबासमा वैशाख १६गते आगलागी हुँदा २४ घर जलेर नष्ट भएपछी पीडित परिवारलाई आर्थिक सहायता प्रदान गरिएको छ ।

गढवा होटल ब्यवसायी संघले आगलागी बाट क्षतिभएका २४ घरपरिवारका लागि २० हजार १ सय रुपैयाँ नगद आर्थिक सहयोग प्रदान  गरेको गढवा होटल ब्यवसायी संघका अध्यक्ष रामबहादुर थापा क्षेत्रीले जानकारी दिनु भयो। संघका अध्यक्ष सहितको टोलीले बुधबार हाडबास गाउँमा पुगेर राजपुर गाउँपालिका वडा नम्बर ७का अध्यक्ष पुष्कर वलि लाई सो रकम हस्तान्तरण गरेको हो।
“छिमेकी गाउपालिकामा आगलागीको घटना घटेको सुन्दा दुख लाग्यो हामी थोरै थोरै पैसा उठाएर अग्नि पिडित परीवारको दुखमा साथ दिन थोरै रकम भए पनी सहयोग गरेका छौ, सबैको साथ सहयोगले पिडित परिवारलाई थोरै भए पनि राहत हुन्छ सबैले सहयोग गरौ- गढवा होटल ब्यवसायी संघका अध्यक्ष रामबहादुर थापा क्षेत्रीले बताउनुभयो।” नगद रकम हस्तान्तरण गर्दै अध्यक्ष थापा क्षेत्रीले बिपदको समयमा प्रदान गरेको सानो सहयोग पनि पीडितलाई ठुलो राहत हुनसक्ने भएकाले सक्दो सहयोग सबैले गर्नुपर्ने बताउनुभएको छ ।

गत बैशाख १६ गते आइतवारका दिन राजपुर गाउँपालिका वडा नम्बर ७ हाडबासमा आगलागी हुदा २४ घर पूर्णरूपमा जलेर नष्ट भएको थियो । राजपुर गाउँपालिका वडा नम्बर ७ हाडबास गाउँ आगलागीले रित्तिएकाे छ । सामुदायिक वनबाट लागेको आगाे बस्तीमा पसेपछि हाडबास गाउँमा भएको २५ घर मध्ये २४ घर पूर्णरूपमा जलेर खरानी भएको थियो ।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID