दाङका नेताहरुले गर्नुपर्ने १ काम

सविन प्रियासन

दाङका आदरणीय नेता अनि सामाजिक अभियन्ताज्यूहरु नमस्कार !

दाङ एशीयाकै सबै भन्दा ठूलो उपत्यकामा एक हो । हरेक दृष्टिकोणबाट उत्तम मानिएको दाङ विकास र समृद्धिको दृष्टिकोणले अहिले पनि पछाडी छ । प्राकृतिकरुपमा दाङ सुन्दर छ, हावापानी राम्रो छ । जमीन प्रशस्त छ । जंगल, नदीको अवस्था पनि राम्रो छ । जडिबुटी, खनिज पदार्थमा पनि दाङ अव्वल नै छ । तर दाङ जुन हिसाबले विकास र समृद्धिको उचाईमा पुग्नु पर्ने हो पुग्न सकेको छैन । तसर्थ दाङको समृद्धि र विकासका लागि अब यहाँका सबै राजनीतिक नेतृत्व, सामाजिक अभियन्ताहरुले कसम खाएर दाङ बनाउने प्रण गर्ने समय आइसकेको छ । दाङलाई कर्मथलोब नाएर जेजति नेताज्यूहरु सक्रिय हुनुहुन्छ, उहाँहरु सबैको आ–आफ्नो ठाउँमा महत्व छ, पार्टीगत अनि राज्यको समेत विशेष जिम्मेवारी छ । त्यसैले दाङ बनाउनका लागि अब सबै नेताज्यूहरुले एक–एक वटा काम जो दाङको समृद्धि र विकाससँग जोडिएको छ, त्यसको निर्माणका लागि नेतृत्व गर्ने समय आएको छ । सबै नेताज्यूहरुले एकएक वटा कामको नेतृत्व गर्ने, सामाजिक अभियन्ताहरुले पनि यसमा साथ सहयोग गर्ने हो भने दाङ समृद्ध हुने कुरामा कुनै शंका छैन ।

२०८१ मा कसले के कामको नेतृत्व गर्दा राम्रो होला ?

१) शंकर पोख्रेल–महासचिव, नेकपा एमाले (टरिगाउँ विमानस्थलको स्तरोन्नती, यदि बास्तवमै त्यो प्राविधिकरुपमा सम्भव छैन भने नारायणपुर क्षेत्रमा एयरपोर्ट निर्माण)

२) रेखा शर्मा, सूचना तथा सञ्चार प्रविधिमन्त्री (फोरलेन सडक निर्माणको लागि पुर्न टेण्डर आव्हान गरी तत्काल निर्माण कार्य अगाडी बढाउन)

३) दिपक गिरी, सांसद (तुलसीपुर–सल्यान सडक खण्ड निर्माण कार्य पुरा गर्न)

४) मेटमणि चौधरी, सांसद (कोइलाबास भन्सार नाका व्यवस्थितरुपमा सूचारु गर्न)

५) धनबहादुर मास्के, प्रदेश सांसद (तुलसीपुर–सुर्खेत सडक खण्ड निर्माण पुरा गर्न)

६) डिल्लीबहादुर चौधरी, प्रदेश सांसद (तुलसीपुर प्रादेशिक अस्पतालको स्तरबृद्धि र सेवा बिस्तार गर्न)

७) प्रचण्ड बिक्रम न्यौपाने, प्रदेश सांसद (घोराही–होलेरी बाटो सुधार गर्न)

८) राजु खनाल, प्रदेश सांसद (घोराही–प्युठान सडक कालोपत्रे गर्न)

९) अनुराग खड्का, प्रदेश सांसद (लमहीको क्रिकेट मैदानलाई रंगशालाकारुपमा निर्माण र विकास गर्न)

१०) इन्द्रजीत थारु, प्रदेश सांसद (नाका क्षेत्रमा व्यवस्थित सडक निर्माण गर्न)

११) सीता चौधरी, प्रदेश सांसद (सर्रा–कुइरेपानी दामोदरमार्ग कालोपत्रे गर्न)

यहाँ केहीको मात्र नाम उल्लेख छ । नाम उल्लेख भएन भनेर उहाँहरुलाई अपहेलना गर्न खोजिएको होइन । नाम आएपनि नआएपनि जिल्लाको विकासका लागि सबैले योगदान दिन सक्छ, दिनपर्छ । यहाँ नाम नआएका बाहेक पनि दाङमा थुप्रै नेता, सांसद, स्थानीय तहमा जनप्रतिधिहरु हुनुहुन्छ । उहाँहरु सबैले आ–आफ्नो ठाउँमा भएका शिक्षण संस्था, स्वास्थ्य संस्था, पर्यटन, पर्यावरण, बजार, कृषि, खानेपानी, सिचाई, रोजगार, उत्पादनलगायतका जिल्लाका लागि अत्यावश्यक ठानिएका कुनै न कुनै कार्यको नेतृत्व गरेर त्यसलाई वहुउपयोगी बनाउन भूमिका खेल्ने हो भने दाङ बन्छ ।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID