गाउँपालिकाको तालिम पाएपछी, टेलर व्यवसायमा होम्मिए गढवाका महिला

आलोक भावुक

गढवा, १७ बैशाख । गढवा गाउँपालिका उद्यम विकास शाखाले कटाई सिलाई थप तालिम पाएपछी गढवा गाउँपालिका वडा नम्बर ५ का उद्यमी महिलाहरुले टेलर व्यवसायमा होम्मिएका छन् । गढवा गाउँपालिकाको आर्थिक समृद्धीको आधार लघु उद्यम विकास मार्फत रोजगार भन्ने नाराका साथ गढवा गाउँपालिका उद्यम विकास शाखाले गरिवि निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत कटाई सिलाई थप तालिम दिएपछी तालिममा सहभागीमहिलाहरु बाट गढवा – ५ धर्मपुर र बाँकीमा एकैदिन दुई ठाउंम टेलर व्यवसाय सुरु गरेका छन्।

गढवा गाउँपालिका वडा नम्बर ५ बाँकीकी प्रमिला महतराले एकल लगानीमा टेलर व्यवसाय सुरु गरेको जानकारी दिनुभयो। आफुसंग सिप थिएन, गढवा गाउँपालिकाले कटाई सिलाई थप तालिम पाएपछी आफु काम गर्न सक्षम भए थोरै लगानीमा व्यवसाय सुरु गरेको छु। आवश्यकता अनुसार व्यवसाय बढाउदै लैजान्छु व्यवसायि महतराले बताउनुभयो।

त्यसैगरी गढवा – ५ धर्मपुरमा महिलाहरुले सामुहिक रुपमा टेलर व्यवसाय सुरु गर्नु भएको छ। कटाई सिलाई थप तालिम लिएका मध्ये चार जना महिलाहरुले सामुहिक रुपमा टेलर व्यवसाय सुरु गरेको सिला चौधरीले जानकारी दिनु भयो। गढवा गाउँपालिकाले थप तालिमका साथै सेलाई मेसिन समेत दिएपछी आफुहरुमा काम गर्ने चाहना बढेको बताउनुभयो। केही गर्न चाहनेहरुका लागि गाउँपालिकाले पक्कै केही गर्छ भन्ने आशा पलाएको चौधरीले बताउनुभयो। धर्मपुरकी रुकमनी चौधरी, सुनिता चौधरी र सिता चौधरी गरी चार जनाले सामुहिक रुपमा टेलर व्यवसाय सञ्चालन गरेका छन्।

टेलर व्यवसाय उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले महिलाहरुलाई आत्मनिर्भर बनाउन पालिकाले करोडौ रकम खर्च गरेको बताउदै तालिम लिएका सबैले केही न केही व्यवसाय गरे पालिकाको उद्देश्य पुराहुने बताउनुभयो। व्यवसाय सञ्चालन गर्दा व्यवसायीहरूलाई आईपर्ने समस्या समाधानका लागि पालिका हरदम तयार रहेको बताउनुभयो। तालिम लिने तर व्यवसाय सञ्चालन नगर्नेहरु लाई पालिकाले आगामी कार्यक्रममा तालिममा सहभागी नगराउने बताउनुभयो। गढवा गाउँपालिकाले पालिकाबासीलाई स्वरोजगार बनाउन आवश्यकता र ईच्छा चाहाना अनुसार विभिन्न तालिम दिने गरेको बताउदै व्यवसाय सञ्चालन गर्नेहरुलाउ एडवान्स तालिम लगाएतकाको अन्य सहयोग समेत गर्न पछी नपर्ने बताउनुभयो।

टेलर व्यवसाय उद्घाटन कार्यक्रम गढवा गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष लेखबहादुर थापाको अध्यक्षता तथा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ। कार्यक्रमको सञ्चालन गढवा गाउँपालिका उद्यम विकास शाखाकी मिना चौधरी र बिनु भुजेलले गर्नु भएको थियो ।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID