सर्पदंश उपचार केन्द्र गढवा सञ्चालनका लागि मन्त्रालयले दियो अनुमति, एन्टि रेबिज भ्याक्सिनको कोटा पनि निर्धारित 

आलोक भावुक

गढवा, १३ बैशाख । दाङ देउखुरी सर्पदंश उपचार केन्द्र गढवालाई सञ्चालन गर्नका लागि मन्त्रालयले अनुमति दिएको छ।

स्वास्थ्य मन्त्रालयले दाङ जिल्लाको गढवा गाउँपालिका वडा नम्बर ६ मा रहेको दाङ देउखुरी सर्पदंश उपचार केन्द्र सञ्चालनका लागि अनुमति प्रदान गरेको हो ।

विषालु सर्पको डसाइबाट बर्सेनि धेरै घाइते हुने र अस्पताल टाढा हुँदा उपचार नपाएर मृत्युवरण गर्नुपर्ने अवस्था थियो तर २०७६ फागुन १ गते गढवा गाउँपालिका तत्कालीन अध्यक्ष सहजराम अहिरले शिलान्यास गरी २०७७ साउन १ गते औपचारिकरुपमा लुम्बिनी प्रदेशका तत्कालीन मुख्यमन्त्री शंकर पोखरेलले उद्घाटन गर्नु भएको दाङ देउखुरी सर्पदंश उपचार केन्द्रले बैधानिक रुपमा सर्पदंश उपचार केन्द्र सञ्चालनको लागि २०८१ बैशाख ४ गते अनुमति पाएको छ।

स्वास्थ्य मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण माहाशाखाले दाङ देउखुरी सर्पदंश उपचार केन्द्र सञ्चालनको लागि अनुमति दिएको गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले जानकारी दिनुभयो।महाशाखाले चार वर्षका लागि अनुमति प्रमाणपत्र जारी गरेको छ ।

साथै दाङ देउखुरी सर्पदंश उपचार केन्द्रको लागि एन्टि रेबिज भ्याक्सिनको कोटा माग गरे अनुसार मासिक २० भाईल ARV भ्याक्सिनको कोटा तोकेर व्यवस्थापन महाशाखा, स्वास्थ्य सेवा बिभाग लाई बोधार्थ पत्र पठाईएको गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले जानकारी दिनु भयो ।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID