जेसीज सप्ताहको सान्दर्भिकता र महत्व

सविन प्रियासन

दाङ, ४ बैशाख। त्रिभुवन नगर जेसीज दाङकै अव्वल सामाजिक संघसंस्थाहरुमा पर्दछ । विशेष गरी युवाहरुलाई सामाजिक अभियानमा सक्रिय बनाउन सफल त्रिभुवन नगर जेसीजले यतिबेला जेसीज सप्ताह अन्तगर्तका कार्यक्रमहरु गरिरहेको छ ।

हरेक वर्ष वैशाख १ गते जेसीजले सातदिनसम्म सिर्जनसिल कार्यक्रमहरुसहित जेसीज सप्ताह मनाउने गर्दछ । जेसीजको सांगठनिक जीवनमा यो सप्ताह व्यापी कार्यक्रम अत्यन्त महत्वपूर्ण मानिन्छ । जेसीज सप्ताहमा औपचारिकतामा मात्र सिमित हुने कार्यक्रमहरु नगरेर समाजमा दिर्घकालिन महत्व राख्ने किसिमका कार्यक्रमहरु हुँदै आएका छन्, सामाजिक चेतना बृद्धि गर्ने, मानवीय सेवा, समाज सेवा, खेल, बौद्धिकता प्रर्दशन, रक्तदान, विभिन्न किसिमका सहयोग, अनि छलफल अन्र्तक्रियालगायतका थुप्रै कार्यहरु सप्ताहव्यापीरुपमा हुने गर्दछ ।

जेसीज आफैमा सम्मानित संस्था भएका कारण यसले आयोजना गर्ने सबै खाले कार्यक्रमहरुले समाजमा केही न केही सकारात्मक योगदान पु¥याउँदै आएको छ । जेसीज युवाहरुको बाक्लो उपस्थिति रहेको संस्था हो । जेसीजमा संलग्न भएका सबै जसो व्यक्तिहरु यतिबेला कुनै न कुनै काम विशेषसँग जोडिएको देख्न सकिन्छ ।

स्वदेशमै रहेर केही गर्नुपर्छ, गर्न सकिन्छ भन्ने ठूलो पंक्ति जेसीजमा आबद्ध छ । यस हिसाबले भन्नु पर्दा जेसीजले आउँदा दिनहरुमा कसरी उच्च मनोभावनाका साथ स्वदेशमै कर्म गर्ने माहोल सबै युवा अनि समुदायलाई बुझाउने किसिमका कार्यक्रमहरु पनि गर्नुपर्छ ।

त्रिभुवन नगर जेसीजले समाजमा स्थापित हुन सक्ने जनशक्ति समेत उत्पादन गर्ने कार्यमा आफुलाई समाहित गरेकारले यसका गतिविधिहरु सिर्जनशील हुनु भनेको समाजलाई लाभ हुनु हो । मुलुकमा स्थापित हुन खोजि रहेको खराब सोँच र चिन्तनलाई पाखा लगाउनका लागि पनि जेसीजले आफुलाई सक्रिय बनाई रहनुपर्छ ।

त्रिभुवन नगर जेसीजले नयाँ वर्षको अबसरमा आयोजना गरेको जेसीज सप्ताह भव्यरुपमा सम्पन्न हुन सकोस्, जेसीजलाई हार्दिक शुभकामना ।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID