गढवाको बांकीमा निशुल्क ढकिया बुनाई तथा चप्पल बनाउने तालिम सम्पन्न

आलोक भावुक

गढवा, २७ चैत्र । गढवा गाउँपालिका वडा नम्बर ५ मा १५ दिने निशुल्क ढकिया बुनाई तालिम तथा ७ दिने चप्पल बनाउने तालिम सम्पन्न भएको छ।

सिप सिकौ, आत्मनिर्भर बनौ बन्ने मूलनाराका साथ गढवा गाउँपालिका वडा नम्बर ५ मा १५ दिने निशुल्क ढकिया बुनाई तालिम तथा ७ दिने चप्पल बनाउने तालिम सञ्चालन भएको थियो।

गढवा गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष लेख बहादुर थापाको अध्यक्षता तथा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको प्रमुख आतिथ्य तथा गढवा गाउँपालिका उपाध्यक्ष शारदा कुमारी चौधरी, ४ नम्बर वडाध्यक्ष हरी भगत चौधरी र इलाका प्रहरी कार्यालय गढवा प्रहरी निरीक्षक नविन ओलीको बिशिस्ट आतिथ्यमा सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले व्यवसायीक रुपमा ढकिया व्यवसाय सञ्चालन गर्नु पर्ने बताउनुभयो। व्यवसाय सञ्चालन गरे अन्य सहयोग पालिकाबाट हुने बताउदै अध्यक्ष पोख्रेलले व्यवसायीक रुपमा अघि बढे स्तरोन्नति लागि थप तालिमको व्यवस्थापन गर्न सकिने बताउनुभयो । यस कार्यक्रमले लोप हुँदै गएको थारु संस्कृतिलाई जोगाउनुका साथै आत्मनिर्भर बन्ने सकिने बताउदै अध्यक्ष पोख्रेलले ढकिया बनाउने तालिमले थारु जातिको संस्कृती झल्काउने र समाज विकासमा सहयोग भएकोले आत्मनिर्भर बन्नको लागि व्यवसायीक रुपमा ढकिया बनाउने कार्य गर्न उपस्थित सबैलाई अनुरोध समेत गर्नु भयो।

कार्यक्रममा बोल्दै गढवा गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष लेख बहादुर थापाले सिपमुलक तालिमबाट यस क्षेत्रमा दक्ष जनसक्ति उत्पादन गर्न सहयोग पुग्ने बताउदै आफुले सिकेका कुरा व्यवहारमा प्रयोग गर्न आग्रह समेत गर्नु भयो । गढवा गाउँपालिका वडा नम्बर ५ ले नागरिकको हक हितको पक्ष र जनताको विकाश र समृद्धिको पाटोमा निरन्तर काम गर्दै जाने बताउनु भयो । राम्रो काम गर्दा पनि टिका टिप्पणी हुने गरेतापनि आफुले वडाको विकाशमा कुनै कसर बाँकी नराख्ने बताउनुभयो।

१५ दिने ढकिया बुनाई तालिमको प्रशिक्षकमा गढवा ५ की प्रतिभा चौधरी रहनु भएको थियो भने ७ दिने चप्पल बनाउने तालिमको प्रशिक्षकमा जोगेन्द्र नेपाली रहनु भएको थियो ।

१५ दिने निशुल्क ढकिया बुनाई तालिम तथा ७ दिने चप्पल बनाउने तालिमको समापन कार्यक्रममा गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण शर्मा पोख्रेल, उपाध्यक्ष शारदा कुमारी चौधरी, ५नम्बर वडाध्यक्ष लेख बहादुर थापा, ४ नम्बर वडाध्यक्ष हरी भगत चौधरी, ईप्रका गढवा प्रहरी निरीक्षक नविन वली, ५ नम्बर वडा सदस्यहरु निर्मला परियार, खिमा डाँगी लगायतकाको सहभागिता रहेको थियो।

५ नम्बर वडासदस्य नरेश कुमार चौधरीको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सहजिकरण गढवा गाउँपालिका महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाकी प्रेरणा चन्दले गर्नु भएको थियो ।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID