गढवा गाउँपालिकाको घुम्ती न्यायिक इजालास कार्यक्रम चिमचिमेमा सम्पन्न

आलोक भावुक

गढवा, १६ चैत्र । गढवा गाउँपालिकाको न्यायिक समितिको आयोजनामा शुक्रबार गढवा गाउँपालिका वडा नम्बर २ चिमचिमेमा घुम्ती न्यायिक इजालास कार्यक्रम सम्पन्न भएको छ।

गढवा गाउँपालिका उपाध्यक्ष तथा न्यायिक समिति संयोजक शारदा कुमारी चौधरीको अध्यक्षता तथा गढवा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत अमरराज शर्माको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो।

न्यायिक समितिले आठ वटै वडामा घुम्ती न्यायिक इजालास कार्यक्रम सुरु गरेको न्यायिक समिति संयोजक शारदा कुमारी चौधरीले जानकारी दिनुभयो।

मुद्दा, मुद्दाको प्रकार, के कस्ता मुद्दा न्यायिक समितिले हेर्न मिल्ने लगायतको बारेमा जनतालाई जानकारी दिने उद्देश्यले न्यायिक समितिले गाउँपालिकाको सबै वडामा घुम्ती न्यायिक इजालास कार्यक्रम सुरु गरेको संयोजक चौधरीले बताउनुभयो।

चिमचिमेमा भएको घुम्ती न्यायिक इजालास कार्यक्रममा बोल्दै उपाध्यक्ष तथ्य न्यायिक समिति संयोजक शारदाले आफु हिंसामा परेको, कतै न्याय नपाएको अनुभूति भए वडामा रहेको सामुदायिक मेलमिलापकर्ताहरुसंग समन्वय गरेर छलफल गर्न अनुरोध गर्नुभयो। वडामा मेलमिलाप नभए पालिकाको न्यायिक समितिमा दर्ता गरेर न्यायिक सम्बाद मार्फत छलफल गरेर दुवै पक्षलाई जितको महसुस हुने गरी न्याय दिने प्रयास न्यायिक समितिले गर्ने गरेको बताउनु भयो ।

घुम्ती न्यायिक इजालास कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा गढवा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत अमरराज शर्माले बिबाद उत्पन्न भए के कस्ता मुद्दा न्यायिक समितिले हेर्न मिल्ने के कस्ता मुद्दा हेर्न नमिल्नेको बारेमा जानकारी दिनु भएको थियो। पालिकाको न्यायिक समिति र अदालतले के कस्ता मुद्दा हेर्ने बारेमा सहभागीहरुलाई जानकारी समेत दिनु भएको थियो। समाजमा चित्त नबुझेको बिषयमा छलफल बाट समाधान तर्फ लाग्न जरुरी रहेको बताउदै अधिकृत शर्माले समाजमा आपसी भाईचार सदभाव मित्रवत व्यवहार बचाई राख्न न्यायिक समितिको सहयोग लिन अनुरोध समेत गर्नु भयो।

कार्यक्रममा न्यायिक समिति सदस्य रेखा थापा, देवीलाल थारु कुमाल, उजुरी प्रशासक सुरेश पौडेल, गणेश प्राविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ओम बहादुर खासु मगर, लगायतकाले बोल्नू भएको थियो।

न्यायिक समिति सदस्य देवीलाल थारु कुमालको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सहजिकरण गढवा गाउँपालिका प्रेस संयोजक आलोक भावुकले गर्नु भएको थियो ।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID