गढवाको मानपुरमा एक महिने होजियारी स्तरोन्नति तालिम सुरु

आलोक भावुक

गढवा, १५ चैत्र । गढवा गाउँपालिका वडा नम्बर ७ मा एक महिने होजियारी स्तरोन्नति तालिम आज बिहिवार देखी सुरु भएको छ। ७ नम्बर वडा सचिव शिव चरन चौधरीको अध्यक्षता तथा गढवा गाउँपालिका उपाध्यक्ष शारदा कुमारी चौधरीको प्रमुख आतिथ्यमा एक महिने तालिम उद्घाटन गरिएको छ।

होजियारी स्तरोन्नती तालिममा गढवा गाउँपालिका वडा नम्बर ७ का १६ जना महिलाहरुको सहभागिता रहेको छ।

कार्यक्रममा बोल्दै गढवा प्रमुख अतिथि तथा गढवा गाउँपालिका उपाध्यक्ष शारदा कुमारी चौधरीले सिप सिकेर आत्म निर्भर नबने सम्म तालिमको उद्देश्य पुरा नहुने बताउनु भयो । एक महिने तालिम पश्चाम माग अनुसारको काम गर्नुपर्ने बताउनु भयो। इच्छा शक्ति भए कुनैपनि काम असम्भव नरहने भन्दै स्तरोन्नती तालिम पश्चात एक उत्कृष्ट व्यवसायी बन्ने हिसावले तालिम सिक्नु पर्ने बताउनुभयो। महिला दिदिबहिनीहरु आत्मनिर्भर नबने सम्म महिला महिला शसक्तिकरण नहुने बताउनु भयो । सीपमूलक तालिम दिएर पालिकाबासी महिला दिदिबहिनीहरुलाई आत्मनिर्भरताको बाटोमा लाग्नका लागि प्रेरित गर्ने उद्देश्य रहेको उपाध्यक्ष चौधरीले जानकारी दिनुभयो।

 

कार्यक्रममा बोल्दै होजियारी प्रशिक्षक सिता चौधरीले एक महिनामा व्यवसाय गर्न लायकको दक्ष जनशक्ति तयार गर्न आफु लागिपर्ने बताउनुभयो। आफ्नो उद्देश्य हरेक ठाउँमा दक्ष जनशक्ति अर्थात होजियारी तालिम सञ्चालन गर्न सक्ने व्यक्ती बनाउने गरि तालिम दिईने बताउनुभयो।

तालिमको उद्घाटन कार्यक्रममा गढवा गाउँपालिकाका प्रेस संयोजक आलोक भावुक, नन्द आचार्य लगायतकाको सहभागिता रहेको थियो ।एक महिने तालिमको १६ जना महिलाहरुको सहभागिता रहेको छ।

कार्यक्रमको सहजीकरण महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाकी प्रेरणा चन्दले गर्नु भएको थियो ।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID