विश्व उपभोक्ता अधिकार दिवसको अवसरमा घोराही अन्तरक्रिया कार्यक्रम सम्पन्न 

गणतन्त्रनेपाल समाचारदाता

दाङप, २ चैत्र। विश्व उपभोक्ता अधिकार दिवसको अवसरमा दाङको घोराही आज शुक्रबार अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। मार्च १५ मा “स्वच्छ र प्रतिस्पर्धी बजार, उपभोक्ताको सार्वभौम अधिकार ” भन्ने मुल नाराका साथ आज घोराही उपमहानगरपालिकाले विश्व उपभोक्ता अधिकार दिवस २०२४ का अवसरमा सरोकारवाला निकायहरुसङ्ग उपभोक्ता अधिकारका विषयमा अन्तक्रिया कार्यक्रम घोराही उपमहानगरपालिकाको सभा हलमा सम्पन्न भएको छ।

सो अवसरमा घोराही उपमहानगरपालिकाका नगर प्रमुख, नगर उप प्रमुख, प्रमुख प्रशासकिय अधिकृत, प्रशासन महाशाखा प्रमुख, १९ वटै वडाका अध्यक्षहरु, सरोकारवाला सम्बद्ध शाखाहरु, खाद्य प्रविधी तथा गुण नियन्त्रण कार्यालय, उपभोक्ता हित संरक्षण मंच , पत्रकार महासंघ , दाङ जिल्ला उधोग वाणिज्य संघ ,दाङ चेम्बर अफ कमर्स , घरेलु तथा साना उधोग महासंघ , खाद्य अधिकार संजाल , नेपाल बार एसोसिएसन , मानव अधिकार सन्जाल, घोराही खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था , होटल ब्यवसायी संघ , तरकारी ब्यवसायी समिती , मासु ब्यबसायी संघ , कुखुरा ब्यवसायी संघ लगायतका सरोकारवाला निकायहरुसहितको उपस्थितिमा बृहत अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ ।

सो कार्यक्रममा घोराही उपमहानगरपालिका, उपभोक्ता हित संरक्षण मंच र खाद्य प्रविधी तथा गुण नियन्त्रण कार्यालयबाट १/१ वटा गरि जम्मा ३ वटा उपभोक्ता अधिकार सम्बन्धी कार्यपत्र प्रस्तुत गरिएको थियो ।

घोराही उपमहानगरपालिका उपभोक्ता हित संरक्षण शाखाका सहायक केमिस्ट गणेश रेग्मीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण उपभोक्ता हित संरक्षण शाखाका प्रमुख मोहन सिंह सुनारले गर्नु भएको थियो ।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID